ओलीज्यु, हेर्नस् दुवै मिर्गाैला गुमाएर मेरो बुवाले कसरी स्कुल चलाउनु भाथ्यो : आदर्श मिश्रा

समयमै उपचार नपाएर बुबा गुमाएका कमेडियन आदर्श मिश्राले कोरामै बसेर लिइएको ‘सेल्फी भिडियो’ सार्वजनिक गरेका छन्। आदर्शका बुवा वीरेन्द्रको मंगलबार बिहान भरतपुर अस्पतालमा निधन भएको थियो। उनी मिर्गाैला रोगका बिरामी थिए।

आदर्श मिश्राको आफ्नै नामको युट्युब च्यानलमा अपलोड भएको १० मिनेट लामो भिडियो निकै मार्मिक छ। उनले वीरगन्जस्थित नेशनल मेडिकल कलेज र नारायणी अस्पतालको लापरबाहीका कारण ‘बाबा’को ज्यान गुमेको बताएका छन्। उनले आफ्ना बुवाप्रति आफूलाई गर्व रहेको बताएका छन्। ‘ मेरो ठाउँमा धेरैले मलाई विनोद मिश्राको छोरा भनेर चिन्छन्। उहाँ नवल स्कुलको प्रिन्सिपल हुनुहुन्थ्यो।

पहिलाको नवल स्कुल र बाबा प्रिन्सिपल भएपछिको नवल स्कुलमा धेरै फरक छ। दुवै किड्नी फेल भएर पनि बुबाले काम गर्न छाड्नु भएन। हप्तामा दुईपटक स्कुटर पछाडि बसेर डायलसिस गर्न जानु हुन्थ्यो। र पनि मेरो बाबाले चलाएको स्कुल र तपाईले चलाएको देश हेर्नुस् प्रधानमन्त्री ज्यू’, भिडियोमा उनले भनेका छन्।

‘दुई दिनअगाडि बुवाले मलाई चिन्नु भएन। मलाई को हो भन्नु भयो। निकै दु:ख लाग्यो। दोस्रो कुरा बुवाको अगाडि प्रज्ञा प्रतिष्ठानमा एकल स्टेन्डअफ कमेडी गर्ने सपना थियो’, उनले भनेका छन्। अन्त्यमा उनले सबैलाई परिवारसँग बस्न आग्रह गर्दै १०/१२ दिनपछि आफु फेरी आम मानिसको ज्यान जोगाउने कार्यक्रमहरुमा फर्कने उल्लेख गरेका छन्।

हेर्नुहोस भिडियो :

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..