बझाङ स्थायी घर भएकी राज्यमन्त्री बन्ने को हुन् आशा बिक ?

बझाङ स्थायी घर भएकी आशा कुमारी बिक वन राज्यमन्त्री बनेकी छिन् ।

बझाङको जयपृथ्वी नगरपालिका १ पिमीकी ३९ (२०३८) वर्षीया बिक विघटित प्रतिनिधि सभाको लागि नेकपा एमालेबाट समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।

सुदूरपश्चिम प्रदेशको विकट पहाडी जिल्ला बझाङमा महिला सशक्तिकरण, जातीय छुवाछुट विरुद्धको अभियानमा निकै सक्रिय उनी २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनी प्रतिनिधि सदस्य सदस्य बनेकी हुन्।

सामाजिक क्षेत्रमा निकै क्रियाशिल उनी २०६९ मा नेकपा एमाले बझाङको जिल्ला कमिटी सदस्य भएकी थिइन्।

त्यस्तै उनी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज, नेपाल उत्पीडित जातीय मुक्ति समाजको सुदू्रपश्चिम सदस्य तथा जिल्ला इन्चार्ज रहेकी छिन्।

नेकपा एमालेमा रहँदा जिल्ला कमिटी सदस्य, मुक्ति समाजको प्रदेश सदस्य र अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य बनेकी उनी अन्ततः कामचलाउ सरकारको राज्यमन्त्री बनेकी छिन् ।

उनि  २०१८ असोज ३० मा रूपन्देहीमा जन्मेकी उनले स्नातकसम्म अध्ययन गरेकी छिन् । उनका श्रीमान्, एक छोरा र एक छोरी छिन् ।

बझाङमा सांसद भैरवकाे राज, एकलौटी रूपमा बजेट वितरण

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..