सुदूरपश्चिममा प्रभाव गुमाउदै भिम रावल : आफ्नै जिल्लामा शक्तिहिन बन्दै

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नै गृहनगरमा पनि जनप्रतिनिधिको साथ गुमाएका छन् । रावलको गृहनगर अछामको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर र उपमेयर विर्मलादेवी बुढ्थापाले आइतबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

मेयर कुँवर नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत हुन् । नगर प्रमुख कुँवर र उपप्रमुख बुढ्थापासँगै चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले नेकपा एकीकृत सामाजवादीमा रहेको भन्दै जिल्ला निर्वाचन कार्यालय अछाम पुगेर सनाखत गरेका छन् ।

एमालेका जिल्ला अध्यक्ष शेरबहादुर कुँवरले नेकपा (एकीकृत समाजवादी) रोजेपछि रावलले अछामको सम्पूर्ण शक्ति गुमाएका छन् । आजसम्म सुदूरपश्चिम प्रदेशमा १७ मध्ये ४ सांसद मात्र रावलको पक्षमा उभिएका छन्। एमालेमा केपी ओली र माधव नेपाल कित्ता छुटिँदा १३ सांसद रावलले गुमाउनु परेको छ ।

भोलिसम्म रावललाई छाड्ने सांसदको संख्या बढ्न सक्ने बताइन्छ । हिजो सांसदहरु तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गराएपछि रावलको शक्ति क्षिण बन्दै गएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..