अक्सिजन प्लान्टको बजेटमा ठेकदारको प्रचार : पुरानो फोटो र घरकै निवेदनमा वाहवाही !

जिल्ला अस्पताल रामेछापमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । अर्थ मन्त्रालयले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेसँगै रामेछाप जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको हो । देशका विभिन्न अस्पताललाई ८ करोड १० लाख रुपैयाँ बजेट सुनिश्चित गरेको अर्थ मन्त्रालयले रामेछाप अस्पतालका लागि ७५ लाख रुपैयाँ छुट्याएको हो । त्यसका लागि जिल्ला अस्पताल रामेछापले जेठ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको थियो ।

तर रामेछापका केहि ठेकेदार र जिल्ला स्तरिय नेताहरु अर्थमन्त्री विष्णु पौडेलसंग खिचेको पुरानो फोटो हाल्दै अक्सिजन प्लान्ट आफ्नो पहलमा आएको भन्दै भजाउन ब्यस्त छन् । ७ गते नै जिल्ला अस्पतालले निवेदन दिएको र प्रक्रियागत रुपमा सबै जिल्लामा जाने बजेटबाट लोकप्रियता लिन खोज्नेको पहिलो नम्बरमा छन् ठेकदार रत्न गौतम ।

सामाजिक संजालमा उनको र विष्णु पौडेलको फोटो संगसंगै प्रचार गरिदैछ, तर बाक्लो लंगकोट र ज्याकेट लगाएका फोटा अहिलेका नभएर जाडो महिनाका हुन् । १० गते बजेट आउने पक्कापक्कि जस्तै भएपछि उनले ९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एउटा नक्कली पत्र लेखेका छन् । जुन पत्र उनले घर मै लेखेर सामाजिक संजालमा हालेको पुष्टि हुन्छ किनभने अहिले प्राय सरकारी कार्यालयमा प्राप्त भएका पत्र एक दिन क्वरेण्टाईनमा राख्ने चलन छ । सर्वोच्च अदालतमा पनि त्यसै गर्ने गरिन्छ ।

उनको पत्रमा कुनै दर्ता नं वा मन्त्रीको तोक छैन । ठेकदार गौतमले ९ गते निवेदन लेखेर १० गते बजेट ल्याए भन्दै जिल्लामा धमास दिन खोजेका छन्, एमालेका केहि कार्यकर्ता उनको प्रचारमा पनि लागेका छन् ।

गौतम वर्तमान अर्थ मन्त्री विष्णु पौडेलका पुर्व घरबेटी पनि हुन् । पौडेल अहिले बस्ने भैंसेपाटीस्थित घर पनि गौतमले बनाईदिएको रामेछाप कै एक नेताले बताए । त्यहि घर बनाएको गुण तिर्न पौडलले एडिबीका विद्यालय बनाउने लगायत अन्य ठेक्कापट्टा गौतमलाई मिलाईदिने गरेको आरोप लाग्ने गरेको छ । प्रक्रियागत बजेटमा आफ्नो सस्तो लोकप्रियता भजाउनेमा एमालेका जिल्ला स्तरिय नेताहरु आनन्द श्रेष्ठ र पुरुषोत्तम कडरिया पनि छन् ।

प्रंसग हो ०५२ सालको त्यो समयसम्म पौडेल सुकुम्वासी थिए वा रहेछन् । उनले त्यसबेला सुकुम्वासी आयोगमा आफुले दिएको निवेदन र सो अुनसार सुकुम्बासीका नाममा जग्गा प्राप्ती गरेको विवरण सरकारी निकायमा भेट्न पाइन्छ । सो समयमा उनले सुकुम्वासीका नाममा १८ धुर जमिन प्राप्त गरेका बिवरण उनकै गृहजिल्ला रुपन्देहीको मालपोत कार्यालयमा डढ्टा पल्टाउने हो भने भेटिन्छ ।

पौडेलले २०५२ साल असोज १९ गते वुटवलको दीपनगगरको कित्ता नम्वर २९ बाट १५ र कित्तानं ६४ बाट ३ गरी १८ धुर जमिन हातपारेका थिए । यो जमिन मूलराजमार्गभन्दा सयमिटरमात्र दूरीमा थियो । अर्थात उनले त्यसबेला राज्यको सुकुम्वासी नागरिक बनेर यो जमिन पाएका देखिन्छ ।

आज उनी करोडपति बनेका छन् । भैसेपाटीमा मात्र पौडेलको करोडौंको बंगला छ । झट्ट हेर्दा यो कुनै उद्योगी वा व्यापारीको झैं लाग्छ । पौडेलको हैसियत भने सुकुम्वासी हुने थिएन । यतिबेला उनी आफै भनिरहेका छन् – स्याङजामा निकै राम्रो हैसियतको परिवार हो उनको । तर मनचाहिँ सुकुम्वासी भएछ र उनले त्यस्तो जमिन लिए र त्यसमा एकतले घर पनि बनाएका थिए । पछि बेचेको कुरा सार्वजनिक भयो । उनको त्यो घरजग्गा पवित्रा थापा नाम गरेकी महिलाले खरिद गरेको कुरा रिपोर्ट सार्वजानिक भइसकेको छ ।

छोरा नवीन पौडेलको नाममा ललितपुर कार्यविनायक नगरपालिका–२ मा नौ आना एक पैसा दुई दाम जग्गामा निर्माण भएको घर छ । मन्त्री पौडेलकै छोरा नवीनको नाममा काठमाडौं महानगरपालिका–४ मा आठ आना जग्गा छ । मन्त्री पौडेलसँग १६ तोला सुन छ । पौडेलको एभरेस्ट बैंकमा २१ हजार रुपैयाँ नगद मौज्दात छ । छोरा नवीनको राष्ट्रिय वाणिज्य बैंकमा पाँच हजार सात सय, यती डेभलपमेन्ट बैंकमा एक हजार, ग्लोबल आइएमई बैंकमा ३३ हजार, कमनवेल्थ बैंक अफ अष्ट्रेलियामा ६ सय १४ अष्ट्रेलियन डलर छ । पौडलेका छोरा नवीन र बुहारी प्रमिता अधिकारी अहिले अष्ट्रेलियामा छन् । बुहारी नेपाली दूतावास अस्ट्रेलियामा शाखा अधिकृत छिन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..