कोरोना रिपोर्ट नेगेटिभ आएका सांसद कसरी आईसियुमा ?

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाको पक्षमा हस्ताक्षर गरेका सांसद खिमविक्रम शाही अस्पतालको आइसीयुमा फेला परेका छन् । संसद चलरिहेका बेला बेपत्ता भएका भनिएका सांसद शाही चरक मेमोरियल अस्पतालको आइसीयुमा रहेको तथ्य सार्वजनिक भएको छ । तर उनको कोरोना परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

जनमोर्चाका सांसद शाहीका स्वकीय सचिव मिलन हमालले फेसबुकमा अकस्मात विरामी परेकाले आइसीयुमा भर्ना भएको जनाकार गराएका छन् । अर्का सांसद राजीव गुरुङ (दिपक मनांगे) पनि सम्पर्कविहीन छन् । उनको मोवाइल फोन अफ छ ।

गण्डकी प्रदेशसभाको वैठक स्थगित भएको छ । सभामुख नेत्रबहादुर अधिकारीले बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएका हुन् । जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएको निवेदनका आधारमा सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो ।

दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको अरोप एमालेले लगाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसद किनबेचको आरोप लागिरहेको बेला शाही अज्ञात रहेको भन्दै जनमोर्चाले उनलाई खोजी गर्न आग्रह गरेको हो ।

कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाको गठबन्धनले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । तर, जनमोर्चाकै सांसद नआएपछि विपक्षी सांसद सशंकित भएका हुन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..