कैलाली ‘रक्सी काण्ड’ : चर्को बिरोधपछि मेयर कर्ण हमालसिहत ४ जनाले सार्वजनिक रुपमा मागे माफी !

चर्को बिरोध र आलोचनापछि कन्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालले सार्वजनिक रुपमा माफी मागेका छन् ।

मेयर हमालसहित ४ जनाविरुद्ध इलाका प्रहरी कार्यालय अत्तरियामा उजुरी, दोषीलाई कार्वाही गर्न माग

यस्ताे छ कञ्चनपुरका मेयर हमालको ‘रक्सी काण्ड’को भित्रि रहस्य, कैलालीमा ‘बाख्रा’ अनुदान

मेयर हमालकाे टाेलीले समाचार र फेसबुक स्टाटस् हटाउन दबाब दिदै कृतिमा गिरिलाई

कान्तिपथबाट प्रकाशित मेयर हमालकाे दादागिरीकाे समाचारप्रति कांग्रेसको गम्भिर ध्यानाकर्षण

काङ्ग्रेसद्वारा हाेटल संचालकलाई धम्की दिने मेयर हमाललाई राजिनामा दिन माग

कृष्णपुरका मेयर कर्णको दादागिरी : राति बन्द होटलमा गएर रक्सी माग्दै, होटल संचालकलाई धम्की

मेयर हमालसहित चार जनाको समुहले गोदावरी नगरपालिका(४ मा रहेको गौरब होटलमा राती १० बजेर १० मिनेटको समयमा आएर रक्सी माग्दै धम्की दिएको भन्दै सामाजिक संजालमा व्यापक आलोचना भैरहेको थियो।

मेयर हमालसहित होटल व्यावसायी रमेश भट्टराई, ललित साउद र मेयर हमालका गाडी चालक रातको समयमा होटलमा गएर रक्सी माग्दै धम्की दिइएका थिए ।

त्यसपछि होटल संचालक बिष्णु देब गिरिकी छोरी कृतिमा गिरिले मेयर लगाएत अन्य ३ जनाको नाममा इलाका प्रहरी कार्यालयमा ठाडो मुद्दा दिएकी थिएन् ।

कृतिमा गिरिले मेयरले गल्ति स्वीकार गर्दै माफी मागे माफी दिइने बताउदै आइरहेकी थिइन् ।

मेयर हमालसहित चारै जनाले बिहिबार उक्त होटलमा गएर सम्पुर्ण परिवारको सामु नियोजित नभएर केही साथीहरुको नियतिबस भएको भन्दै गल्ति स्वीकार्दै माफी मागेकाको कृतिमा गिरिले कान्तिपथ डटकमलाई जानकारी दिइन् ।

इलाका प्रहरी कार्यालयमा गिरिले दिएको ठाडो मुद्दामा मिलापत्र भएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..