के गृहमन्त्रीले यस्ता कुरामा ध्यान पुर्याउदै प्रहरीमा सुधार ल्याउन पहल गर्लान ?

नेपाल प्रहरीमा गरिनु पर्ने सुधारहरु :

१) हाल नेपाल प्रहरीमा ७९५३७ दरबन्दी भएकोमा ६९९६२ मात्र कार्यरत रहि ९५७५ दरबन्दी नै खाली रहेकोले तत्काल भर्नाबाट पुर्ती गर्नु पर्ने।

(२) जनसंख्याको हिसाबमा प्रहरीको दरबन्दी एकदम कम भएको, हाल प्रहरी चौकीमा १३ जनाको मात्र दरबन्दी हुदा प्रहरीको तल्लो निकायले शान्ति सुरक्षा कायम गर्न गाउँ स्तरमा हम्मे हम्मे परेकोमा न्युनतम २५ जना बनाउनु पर्ने।

३) प्रत्येक गाउँपालिकामा प्रहरी निरीक्षकको दरबन्दी बनाइ इप्रका स्तरको जनशक्ति र नगरपालिकामा डिएसपीको दरबन्दी र उपमहानगरपालिका र महानगरपालिका रहेको जिल्लामा एसएसपीको दरबन्दी र संघीय कार्यालयमा डीआईजी र प्रदेश कार्यालयमा एआईजी दरबन्दी कायम गरि सोही अनुशारको जनशक्ति कायम गर्नु पर्ने।

४) सरुवा गर्दा right man in right places को अबधारणा अनुसार गर्ने र ब्याबसायिक अधिकृत हरुलाइ प्रोत्साहित गर्ने।

५) बढुवा लाई पारदर्शी बनाउने एबम कार्यालयमा बसि कामगर्ने लाई भन्दा फिल्डमा खटिएका अप्रेस्नल अधिकारिलाइ अगाडि लैजाने र काम भन्दा बोलेरै मात्र आफ्नो भुमिका देखाउन खोज्ने लाई निरुत्साहित गर्ने।

६) प्रहरीको पोशाक स्तरिय international quality को बनाउने ताकी फिल्डमा लगाएको सिपाहीको कपडा standard देखिँदा त्यसकुराले उस्को duty लगायतका कुरामा सकारात्मकता प्रवाह हुने गर्छ।

७) नेपाल प्रहरीको राशन पाँच बर्षमा १५% वृद्धिले २४ घन्टा फिल्डमा खटिने सिपाहीको मनोबल नउकास्ने ,न्युनतम सुबिधा समेत दिन नसक्दा र बढुवामा १५ बर्ष सम्म एउटै पदमा रहनु पर्दा अबसरको खोजी गर्दै धेरै प्रहरीले जागिर छाड्नेक्रम चलेकोले यस्लाइ रोक्न प्रहरीका सन्ततीलाई उच्च शिक्षा निशुल्क, आवासको व्यवस्था र खान पुग्ने राशन उपलब्ध गराउने।

८) प्रहरी समायोजन सकेसम्म नगर्ने, गर्नै पर्दा सई सम्मको दर्जालाई प्रदेशमा पठाउने र निजामती लाई दिए सरह एक तह बढुवाको पनि प्राबधान राख्ने जसले गर्दा तल्लो तहका कर्मचारीको मनोबल उचो गर्न ठूलो भुमिका खेल्ने।

९) कहिले काहीँ काम गर्ने क्रममा भएका सामान्य कमिकमजोरीमा प्रहरी कर्मचारीको संरक्षण नगर्दा उनिहरु हतोत्साहित हुने र अन्यलाई समेत काम गर्न उर्जाको कमि हुने हुदा नियत बस गरिएका गल्ती र कमिकमजोरी बाहेकका कुरामा नेतृत्वबाट संरक्षण गरि जागिरको सुरक्षाको प्रत्याभूत गरिनु पर्ने। संगठनमा भबिस्य देख्न छाडेर बिचमै जागिर छाड्नेको संख्या बढ्दो छ भने जबान र हवल्दारको पेन्सन अवधि १६ बर्ष बाट बढाएर २० बर्ष बनाएकोमा तल्लो दर्जामा ठूलो निरासा छाएको पाइन्छ यसलाई समेत पुर्ववत् अबस्थामा फर्काइ बढुवा गर्दा कुनै कारबाही नभएकाहरुलाई १० बर्षमा स्वत बढुवा हुने प्रावधान बनाइनु पर्दछ।

– रमेश खड्का

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..