सिंहदरबारमा ओली र नेपाल बीचवार्ता शुरु

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच असहमति टुंग्याउने भन्दै वार्ता शुरु भएको छ ।

स्रोतका अनुसार दुईजना नेताले समस्या समाधान गर्न गठन गर्ने भनिएको कार्यदलबारे टुंग्याउने बुझिएको छ ।

कार्यदलमा अस्ति बालुवाटाको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादललाई राख्ने भनिएको थियो । तर,आज फेरि थापाको ठाउँमा टोपबहादुर रायमाझी राख्ने झिनो सम्भावना पनि रहेको बताइन्छ ।

पार्टीभित्र उत्पन्न समस्या समाधानको निम्ति गठित कार्यदलमा बादल र रायमाझीमध्ये एकलाई राख्नैपर्ने बालुवाटारको अडान छ ।

पार्टी प्रवेश गरेका पूर्वमाओवादी नेताहरूलाई तल्लो तहसम्मको कमिटीमा राखेर विवाद सेटल गर्ने भनिएपछि पूर्वमाओवादीको तर्फबाट कम्तिमा एकजना राख्नैपर्ने अडान आएको हो ।
कार्यदलमा नेता नेपालको तर्फबाट भीम रावल,घनश्याम भुसाल, सुरेन्द्र पाण्डे,गोकर्ण बिष्ट र रघुजी पन्त रहने पक्का देखिन्छ ।
गत शुक्रबार साँझ प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कार्यदल टुंगिने निश्चित थियो ।

तर त्यहाँ बादलको उपस्थिति देखेपछि उक्त विषयलाई थाति राखिएको बताइन्छ । त्यो दिन बादलको बिरोध नभएपनि सबैको मनमा चसक्क परेको सहभागीहरुको बडि ल्याङ्वेजबाटै देख्न सकिन्थ्यो ।

राप्रपा अध्यक्ष कमल थापालाई एमालेका अध्यक्ष ओलीको फोन !

पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रहेका गृहमन्त्री समेत रहेका बादललाई भोट माग्दै एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गरेका छन् ।

शनिबार पार्टीका ३ अध्यक्षसहितको शीर्ष नेताको बैठकमा अध्यक्ष कमल थापाले यसबारे ब्रिफिङ गरेका छन् ।

उनले आफूलाई प्रधानमन्त्री ओलीले फोन गरेर निर्वाचनमा सहयोग मागेको जानकारी गराएका थिए ।

त्यसबारे बैठकमा छलफल हुनुका साथै आधिकारिक पत्र आए ओलीलाई नै मत दिने बारेमा निष्कर्ष निकालिएको राप्रपाका एक नेताले जानकारी दिए ।

राप्रपाको प्रदेशसभामा २ सांसद रीता माझी र रीना गुरुङको प्रतिनिधित्व छ । उनीहरुको मतभार ९६ हुन्छ ।

स्थानीय तहतर्फ धादिङको रुबिभ्याली गाउँपालिकाका अध्यक्ष चेरुत तामाङ र उपाध्यक्ष बिना लामासमेत मतदाता हुन् ।

उनीहरुको मतभार ३६ हुन्छ । यस हिसावले उपनिर्वाचनमा राप्रपाको जम्मा मतभार १३२ छ ।

उपनिर्वाचनमा बागमती प्रदेशका १०९ जना र स्थानीय तहका प्रमुख र उपप्रमुखहरू २३८ जनाले मतदानमा भाग लिनेछन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..