जनप्रतिनिधिले एमाले छाड्न पाउने आज अन्तिम दिन

विभाजित दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको समय आज सकिँदैछ। राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा)बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) निर्वाचन आयोगमा दर्ता भएका थिए।

निर्वाचन आयोगमा उपस्थित भएर एमाले र जसपाका सांसद र केन्द्रीय सदस्यहरुले सनाखत गरेसँगै निर्वाचन आयोगले दुई नयाँ दललाई मान्यता दिएको थियो। निर्वाचन आयोगले भदौ ९ गते एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दर्ताको प्रमाणपत्र दिएको थियो।

यससँगै विभाजित दलमा जान चाहनेहरुका लागि २१ दिनको समय उपलब्ध गराइएको थियो, जसको समय आज सकिँदैछ। आजसम्ममा दल परिवर्तन गर्ने जनप्रतिनिधिको पद गुम्ने छैन।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..