माधव नेपाल भेट्न गृहमन्त्री थापा पुगे कोटेश्वर

गृहमन्त्री तथा नेकपा (एमाले) का नेता रामबहादुर थापा बादल पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

नेता नेपालको निवासमा अहिले भेटवार्ता जारी रहेको जनाईएको छ ।

यही जेठ ६ गते राष्टियसभाको उपनिर्वाचनमा एमालेबाट उम्मेद्धवार बनेका थापा चुनावमा आफूलाई सघाउनको लागि आग्रह गर्न नेता नेपालको निवासमा पुगेको बताईएको छ ।

यसअघि नेता नेपालसहितको सहमतिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट संघीयता विज्ञ डा. खिमलाल देवकोटा उम्मेद्धवार बनेका छन् ।

उनी नेता नेपालनिकट मानिन्छन् । तर, अहिले एमालेभित्रको विवाद समाधानतर्फउन्मुख छ । एमालेले ह्वीप जारी गरेर बादललाई मत हाल्ने भनेको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..