यी हुन् सशस्त्रमा आईजीपीका भावी दाबेदार

सशस्त्र प्रहरी बल (एपीएफ) का दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी)को एक वर्ष पदावधि थप भएको छ । सशस्त्र प्रहरी बलमा पुष्पराम केसी र रामशरण पौडेल एआईजी छन् । उनीहरुको पदावधि थप्ने र नथप्ने विषयलाई लिएर शक्तिकेन्द्रबीच चर्काे लविंग हुँदै आएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले एआईजीहरुको एक वर्ष पदावधि थप्न प्रक्रिया अघि बढाउन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई निर्देशन दिएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले दुबैको म्याद थपेको हो ।

एपीएफमा एआईजी र नायव महानिरीक्षक (डीआईजी) को पदावधि ४/४ वर्ष रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ । म्याद थप गरिएका दुबै जना एआईजी आईजीपी शैलेन्द्र खनालका व्याची हुन् । एक वर्ष म्याद थप भएकाले अब खनालपछि केसी थोरै समय सशस्त्रको नेतृत्वमा पुग्नेछन् । आईजीपी खनालको चार बर्से कार्यकाल आगामी २८ चैतमा सकिदै छ । त्यसपछि अर्काे वर्षको २० वैशाखसम्म केसी आईजीपी बन्नेछन् ।

अहिले डीआईजी रहेका खड्गबहादुर राई र मन्दिप श्रेष्ठ डीआईजीबाटै अवकाश पाउने भएका छन् । अब उनीहरुले आगामी २६ माघमा अवकाश पाउने छन् । सरकारले उनीहरु दुुबैको एक वर्ष म्याद थप गरेको थियो । अहिले दुबै एआईजीको म्याद थप नभएको भए राई खनालपछि एक वर्षका लागि सशस्त्रको नेतृत्वमा पुग्ने थिए ।

केसीपछि भने वरिष्ठताका आधारमा प्रविणकुमार श्रेष्ठ आईजीपी बन्ने छन् । यसका लागि भने श्रेष्ठको पनि एक वर्ष पदावधि थप्नु पर्ने हुन्छ । पदावधि नथपेको अवस्थामा उनी आगामी ९ असारमा अवकाशमा जाने छन् । श्रेष्ठपछि हालका डीआईजी राजु अर्याल र नारायणदत्त पौडेलमध्ये एक जना सशस्त्रको नेतृत्वमा पुग्ने छन् ।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..