के हो नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्ट ? कसलाई असर गर्छ ?

संक्रमण तीव्र गतिमा फैलिने र वैज्ञानिकहरुले घातक पनि हुन सक्ने बताएको कोरोना भाइरसका नयाँ भेरियन्टहरु नेपालमा फैलिरहेको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार पहिलो पटक भारतमा देखिएको बी १.६१७.२ र बी १.६१७.१ भेरियन्टका भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

कोरोना भाइरसको बी १.६१७.२ भेरियन्ट ट्रिपल म्युटेन्ट अर्थात तीनवटा उत्परिवर्तित कोरोना भाइरसको मिलनबाट बनेको नयाँ भेरियन्ट हो । यो भेरियन्ट भारतमा गएको डिसेम्बरमा पहिलोपटक भेटिएको थियो ।

स्वास्थ्य मन्त्रालयले यो भेरियन्ट सबै उमेर समूहका लागि संक्रामक र घातक हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनले पनि भारतमा पहिलो पटक देखिएको यो भेरियन्टलाई मे १० (वैशाख २७) विश्वव्यापी चासोको भेरियन्ट भनेको थियो ।

म्युटेसन भएर बनेका तीन भेरियन्टहरु इ ४८४ क्यू, एल ४५२ आर र पी ६८१ आर का गुण एकै भेरियन्ट बी १.६१७.२ मा देखिएको छ ।

तीन उत्पारिवर्तित भाइरसको मिलनबाट बनेको ट्रिपल म्युटेन्टलाई लिएर चिन्ता यो कारण पनि छ कि यो सबै उमेर समूहकामा संक्रामक र घातक पनि देखिएको छ । अहिले चलनमा रहेका खोपहरुले कत्तिको काम गर्छन् भन्नेबारे स्पष्ट जानकारी छैन ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..