उपत्यकाका सिडिओको बैठक बस्दै : निषेधाज्ञा अझ खुकुलो पार्ने तयारी !

उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भएको छैन । स्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएका छन् ।

डीसीसीएमसीले खाद्यान्न पसलहरु पनि ४ बजेसम्म खोल्न सुझाव दिएको छ । अन्य व्यवसायलाई पनि बारअनुसार सञ्चालन गर्न दिनुपर्ने भनिएको छ । तर प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले गृह मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमस) सँग पनि परामर्श गरेर निर्णय गर्नुपर्ने भएकाले निषेधाज्ञालाई खुकुलो बनाउने मोडालिटीको अन्तिम टुंगो लागिसकेको छैन ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले लगाएको निषेधाज्ञा सोमबारबाट सकिँदैछ । त्यसैले निषेधाज्ञा थपको निर्णय गर्न आइतबार साँझ ५ बजे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । निषेधाज्ञा अन्तको घोषणा नभइहाल्ने तर खुकुलो गर्दै लगिने योजना बनेको छ । बैठकले अहिलेसम्मको समिक्षा गरी सवारी सञ्चालनमा खुकुलो गर्न लागेको बुझिएको छ ।

अब निषेधाज्ञाको मोडालिटी परिवर्तन हुने क्रममा सवारीमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । निजी सवारी जोर बिजोरमा सञ्चालन गर्न दिने तयारी भएको छ । सार्वजनिक सवारी साधन भने अझै सञ्चालनमा आउने छैन । एक हप्ताको अवस्था हेरेर कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गरी सार्वजनिक सवारी साधन आधा सिटमा चलाउन दिने तयारी समेत भएको छ । १६ वैशाखबाट जारी निषेधाज्ञा दुई महिना हुन लागेको छ । असारबाट भने केही खुकुलो पारिएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..