कौशलटारबाट ५ जना जुवाडे पक्राउ

  • 1 month अगाडि

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले कौशल्टारबाट नगदसहित पाँचजनालाई पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका-३ कौशल्टारस्थित ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१० घर भएका २९ वर्षीय भेष बहादुर भुजेलको टहरामा तास खेलिरहेको अवस्थामा भुजेल लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुको साथबाट ३४ हजार रुपैयाँ र १ बुक तास बरामद गरिएको छ भने उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।