आजसम्म नेकपा नफुट्नुमा प्रचण्डको योगदान छ – पूर्वसचिव भिम उपाध्याय

Bhim

पूर्वसचिव भिम उपाध्यायले आजसम्म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नफुट्नुमा सबैभन्दा ठूलो योगदान प्रचण्डको रहेको बताएका छन् । ओलीलाई दल, कार्यकर्ता, संसद, जनता, मुलुक, दलीय पद्दतिको कुनै केहीको मतलब रहेकै छैन। मबाहेक अरू कोही स्विकार्य छैन भन्ने शैली जगजाहेर भएको कुरा उनले सामाजिक संजाल फेसबुकमार्फत बताएका हुन् ।

उनले लेखेका छन् ‘ माधव एवं झलनाथ र ओली सुरू देखि नै ब्याक टू ब्याक अर्थात पूर्व र पश्चिम रहदै आएकै हुन्। बामदेवलाई १ दिन भए पनि जसरी प्रम हुन पाईन्छ, त्यसको मात्र चिन्ता हो। आफू सबैभन्दा उमेरले जेठो भएर पनि उनीबाहेक सबै हेभीवेट नेताहरू प्रम बनिसकेको पिडा उनमा छ। उनको कुनै ठेगान हुदैन, हुन्न। उनलाई अरूले पत्याउन पनि छाडेका छन्।’

यसरी, प्रचण्ड नै एकता कायम गर्न अथक दौडधूप गरिरहेका देखिन्छन्। सबैभन्दा बढी जिम्मेवारीबोध पनि यिनले नै देखाईरहेका छन्। अब त्यो दौडधूपको हावा पनि सकिईसकेको जस्तो प्रतीत हुनछ। बेलुन फुटेर प्याट्ट भएमा अचम्म हुदैन। एकजना कुद्ने, अरू सबै दूलो पस्ने? यसरी एकता हुदैन। ओलीको संस्कार नै एकता भॉड्ने छ। माखेसाङ्लो यही हो। तमासा हुन अरू सबै।

जुटेर निकम्मा साबित भइसकेको नेकपा दल फुटेर वा कुनै तरिकाले ओली सरकार पछारिएमा जनतालाई भने फाईदा नै हुने देखिन्छ। सरकार त्यसै पनि अब मनोरंजन पनि दिन नसक्ने भयातुर देखिन्छ। सरकार पछारिएमा परजीबी, पालिस पोषित जूठे, बेल्चाहरूको केही दिन बिचल्ली र रूवाबासी त चल्छ नै, तर त्यो पनि जनताका लागि मजैको मनोरंजन हुनेछ।’

Kantipath Media

यो छुट्टाउनु भो कि..