दृष्टि फाउण्डेसन नेपालकी सञ्चालिका भट्ट दर्जनौं सन्तानकी ‘अविवाहित आमा’(भिडियाेसहित)

dst

धनगढीमा रहेको दृष्टि फाउण्डेसन नेपालकी सञ्चालिका कल्पना भट्ट हुन् । यस दृष्टि फाउण्डेसन नेपालले सडकमा जिवन बिताइरहेका महिला बेसाहार बालबालिकालाई उद्वार गरेर व्यवस्थापन गर्ने गरेको सञ्चालिका भट्टले बताइन् ।

विवाहित भएर सन्तान जन्माउनेहरुलाई मात्रै हाम्रो समाजले आमाको रुपमा स्वीकार गर्छ । कानुनी परिभाषा पनि त्यस्तै छ । आफ्नै गर्भबाट शिशु जन्माउनेलाई मात्र कानुनले आमाको रुपमा चिन्छ । त्यसो त विवाह गरेर सन्तान जन्माएपछिपनि असल आमाको भुमिका निर्वाह गर्न नसकेका उदाहरणहरु पनि प्रशस्त छँदैछन् ।

तर विवाह नगरी असल आमा बनेका उदाहरण पनि हाम्रो समाजमा पाईन्छन् ।

धनगढीमा रहेको दृष्टि फाउण्डेसन नेपालकी सञ्चालिका कल्पना भट्टले त्यस्तै आमाको रुपमा परिचय बनाएकी छिन् । उनी दुई/तीन जना मात्रै होईन दर्जनौं सन्तानकी आमाको रुपमा स्थापित छिन् ।

धनगढीमा कल्पना भट्टले वर्षौदेखि त्यस्ता संकट र जोखिममा परेका वालवालिकाको संरक्षणमा आफ्नो जीवन समर्पण गर्दै आएकी छन् । यसरी उनी अविवाहित हुँदाहुँदै दर्जनौ सन्तानकी आमा बनेकी छिन् । सायद यही समाजसेवामा लाग्दालाग्दै उनले आफ्नो वैवाहिक जीवनतिर ध्यान दिन पाईनन् ।

धनगढीमा घर भाडामा लिई पिडित बालबालिका  र महिलाहरुको संरक्षण र व्यवस्थापन गरिँदै आएको छ । उक्त कार्य अझै चन्दा र सहयोगकै भरमा चलाउनु परेको छ । राज्यले बजेटको व्यवस्था गरेको छैन । अार्थिक स्रोतको कमीका कारण व्यवस्थापनमा समस्या रहेको दृष्टि फाउण्डेसन नेपालकी सञ्चालिका कल्पना भट्टले गुनासो गरिन् ।

दृष्टि फाउण्डेसन नेपाल अब आउदो असार महिनामा चार बर्ष पुुुरा हुनेछ ।

केही महिना अघि मात्र केही अनलाईन मिडियाले भ्रम सिर्जना गर्ने कुत्सित मनसाय राखी सत्य, तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी अध्यक्ष भट्टमाथि भ्रामक एकपक्षीय समाचार सम्प्रेषण गरी झुठो प्रकाशन गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशकाे धनगढीमा रहेको दृष्टि फाउण्डेसन नेपाललाई सहयोग गर्नुको साटों उल्टै भ्रामक र एकपक्षीय समाचार सम्प्रेषण गरी झुठो प्रकाशन गर्ने गरिएको पाएको छ ।

धनगढीमा रहेको दृष्टि फाउण्डेसन नेपालको आर्थिक र स्रोत साधनले गरिब भएपनि मनले भने धनि नै छ । दृष्टि फाउण्डेसनले धनगढीमा एउटा सानो घर भाडा लगेको छ भने घर भाडा तिर्नलाई समेत आर्थिकको अभावमा रहेको सञ्चालिका भट्टले कान्तिपथ डटकमलाई बताइन् । दृष्टि फाउण्डेसनको घरको भाडा भने अहिले धनगढी उपमहानगरपालिकाले तिर्ने गरेको छ ।

dstकोठा अभावका कारण कोचिएर कोठा, भान्सा घर, बरण्डामा सुत्नु पर्ने बाध्यता छ । २० जना राख्नु पर्नेमा ठाउँमा अहिले ४४ जना राख्नु परेको छ । जुन ४४ जना मध्ये ३६ जना आमा दिदी बहिनी र ८ जना बालबालिकाहरू रहेका छन् ।

बालबालिकालाईस छुट्टै राख्ने ब्यवस्था छ भने मानसिक रोगी आमा दिदी बहिनीलाइ छुट्टै राखेको छ ।

धनगढीमा रहेको दृष्टि फाउण्डेसन नेपालमा बसोवास गर्दै आएका बालवालिकाहरू बोर्डिङ स्कुलमा पढाउदैं आएको सञ्चालिका भट्टले भनिन् ।

bttttt आफु सँग आर्थिक अभाव भएको भएपनि दृष्टि फाउण्डेसन नेपालले धनगढीको सहयोगार्थ दान पेटिका राखेर, मुठी दान संकलन गरेर आमा दिदी बहिनी बालवालिकाहरूको पालन पोषणको व्यवस्था गर्दै आएको सञ्चालिका भट्टले बताइन् । साथै  दृष्टि फाउण्डेसन नेपालले ४८ जना मानिसलाई पुनः जीवन दिएर घरसमेत पुर्‍याएकाे छ ।

dt1२०६७ चैत्र ०८ गते मध्यरातको १२ बजे सञ्चालिका भट्टको अज्ञात समूहले पार्किङ गरी राखिएको स्कुटर जलाएको थियो।

dstustrतर यो बिषयमा भने अहिले सम्म अनुसन्धाननै हुन् सकेको छैन् भने प्रहरी प्रशासनले भने कानमा तेल हालेर चुपचाप बसेकाे छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..