राजधानी सार्नु पर्ने मुख्यमन्त्री शाक्यको प्रस्ताव

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले चितवन र मकवानपुरलाई जोडेर देशको संघीय राजधानी बनाउनुपर्ने बताएकी छन्। भरतपुरमा मंगलबार आयोजित जिल्ला समन्वय समिति चितवनको पाँचौँ जिल्ला सभाको उद्घाटनका क्रममा शाक्यले हालको राजधानी काठमाडौँ पुग्न सबैलाई कठिन पर्ने भएकाले पूर्वपश्चिम राजमार्गमा जोडिएको चितवन र मकवानपुर जोडेर देशको राजधानी बनाउनुपर्ने तर्क गरिन्।

शाक्यले काठमाडौंलाई प्रदेशको राजधानी बनाएर सबैलाई पायक पर्ने चितवन र मकवानपुरलाई देशको राजधानी बनाउनुपर्नेमा जोड दिइन्। ‘काठमाडौं बागमती प्रदेशका १३ वटा जिल्ला बीचमा छ, त्यसलाई प्रादेशिक राजधानी बनाऊँ, चितवन र हेटौंडालाई जोडेर केन्द्रीय राजधानी किन नबनाउने?’, मुख्यमन्त्री शाक्यले भनिन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..