छोड्ने बानी – सरोज ढुंगेल

आमा हाम्रो घरमा सबथोक छ
आँसु, रोदन, दुख, र असैह्य पीडा
बस एउटै कुराको कमि छ- खुसि

बुबा हजुरले यो देशको हकहितका निम्ति
आफ्नो परान सङै हामीलाई छोड्नु भयो
त्यसदिन देखि हामिले हास्न र रमाउन छोड्यौ
आमाले राता चुरा ,पोते,सिउदो भरी सिन्दुर अनि
राता कपडा लगाउन छोड्नु भयो

बुबा हजुर बित्नु भएदेखी आमाले
हास्न छोड्नु भयो
बहिनिले डाक्टर बन्ने सपना देख्न छोडी
भाइले बिदेश गएर पढ्ने सपना देख्न छोड्यो
मैले आर्मि बन्ने सपना देख्न छोडे

बुबा हजुर गएदेखी हामिलाइ
धेरै कुरा छोड्ने बानी परेको छ
चाड्पर्वमा मीठो खान
राम्रो लागाउन बिर्सेका छौ

अरु साथी जस्तै बाबा सङ बिध्यालय
जान छोडेका छौ
रङिन सपना सजाउन छोडेका छौ
जिन्दगिमा धेरै कुरा छोड्ने बानि जो परेको छ हामीलाई ।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..