समाजवाद निर्माणको आधार: ‘नीति सम्मेलन’ किन नगर्ने ?

तत्कालिन दुइ ठुला कम्युनिस्ट पार्र्टी नेकपा (एमाले ) र नेकपा (माओवादी केन्द्र) बिचको एकतता पछि नेपालको कम्युनिष्ट आन्दोलन राजनीतिको मूलधारका रुपमा स्थापित भएको थियो । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड बहुमतमा पुगेको थियो । मुल नेतृत्वमा रहेको दक्षिणपन्थी दृष्टिकोण, अराजनैतिक र नोकरशाही कार्यशैलीका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शिशु अवस्थामै मृत्यु भयो । अथवा यसको हत्या गरियो । मुल नेतृत्वमा रहेका नेकपामा तत्कालिन अध्यक्ष तथा प्रकानमन्त्री केपी आली नै पार्टी र देशको प्रणालीलाई भन्दा आफनो कुर्सी र ओहोदालाई प्रथामिकता दिएर नेकपालाई सखाप पार्न लागेपछि यो परिणाम आउनु स्वभाबिक नै थियो ।

अबको वामपन्थी आन्दोलनको कार्यदिशा, ‘समाजवादउन्मूख राज्यको स्थापना, औद्योगिक राष्ट्रिय पुँजीको निर्माण’ अनि सामाजिक न्यायसहितको आर्थिक समृद्धिजस्ता अत्यन्त गह्रुँगा लक्ष्य प्राप्त गर्न के गर्ने ? कहाँबाट काम सुरु गर्ने, कुन निकायको जिम्मेवारी के हुने ? भन्ने बारेमा स्पष्ट दृष्टिकोणको अभाव नेपालका वामपन्थी पार्टीहरुमा रहेको देखिन्छ । यस बिषयमा गहन छलफल गरी सही निचोडमा पुग्नु जरुरी छ ।

माओवादी पार्टीको भबिश्य के हुन्छ ? समग्रमा नेपाली वामपन्थि आन्दोलन अब कसरी बढ्छ भन्ने बिषय आम वामपन्थिहरुको साझा चिन्ता र सरोकारको बिषय हो । केन्द्र, प्रदेश र स्थानिय सरकारमा रहँदा के गर्ने र नरहँदा कस्तो भुमिका निर्वाह गर्ने भन्ने सवाल कार्यक्रमिक सवाल हो । तर, यसको अन्तरसम्वन्ध अबको वामपन्थी आन्दोलनलाइ कसरी अगाडि लैजाने भन्ने कार्यदिशाको प्रश्नमा आएर जोडिन्छ । त्यसका निम्ति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तत्काल ‘नीति–सम्मेलन’ आयोजना गर्नु जरुरी छ ।

नीति तथा योजना सम्मेलन के हो र किन ?

आन्तरिक सन्दर्भ र आवश्यकता सामान्यत: नेपालमा कम्युनिस्ट पार्टीहरुले नीति र नेतृत्व निर्माणसहित कार्यदिशा तय गर्न ‘महाधिवेशन’ र संगठनात्मक विषय मात्र हल गर्न ‘संगठनात्मक सम्मेलन’ तथा विधानको मात्र छलफल गर्न ‘विधान सम्मेलन’ गरेको अनुभव छ । तर, यहाँ प्रस्ताव गरिएको सम्मेलन त्योभन्दा भिन्न हो र त्यो नीति–सम्मेलन हो । अहिले वस्तुगत परिस्थितिमा आएको बदलाव आन्तरिक र बाह्य दुबै रहेका छन् । परम्परागत मान्यता अनुरुपको चिनियाँ मोडलको नयाँ जनवादी क्रान्ति पूर्ण भइसकेको नदेखिएतापनि भिन्न ढंगले त्यसका मुख्य कार्यभार पूरा भैसकेका छन् ।

सामन्तवादी उत्पादन–सम्बन्ध विस्थापनको तहमा पुगेको छ । यद्यपि त्यसको ठाउँ फेरि राजकीय दलाल नोकरशाही पुँजीवादले लिन खोजेको स्थिति छ । बर्ग बिश्लेषण,आर्थिक उत्पादन–सम्बन्ध र राजनैतिक संरचनका बारेमा बिकसित भएका सन्दर्भहरुको थप ब्याख्या हुन जरुरी छ । अब कसरी समाजवादमा जाने ? स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारका कार्ययोजना, कार्यनीति र कार्यक्रम के–कस्ता हुने ? यसबारे व्यापक छलफल गरी सही निष्कर्ष निकाल्नु अत्यावश्यक छ । नेपालको सन्दर्भमा समाजवाद कस्तो हुने , त्यो प्रप्त गर्ने वामपन्थी कार्यदिशा के हुने र नेपालको सन्दर्भमा ‘नयाँ आर्थिक नीति (नेप)’ कस्तो हुन्छ भन्ने बारेमा ठोस योजना बनाउनु जरुरी छ । त्यसका निम्ति समग्र वाम आन्दोलनको कार्यदिशा, आर्थिक नीति तथा कार्यक्रम बनाउन ‘नीति–सम्मेलन’ अत्यावश्यक देखिन्छ ।

अन्तर्राष्ट्रिय अभ्यास र आवश्कता

सोभियत संघमा सन् १९१७ मा क्रान्ति सम्पन्न भएलगत्तै अब के गर्ने भन्ने बारेमा त्यहाँ कुनै ‘ब्लु–प्रिन्ट’ थिएन । सत्ता कब्जा भएलगत्तै सन् १९१७ मै लेनिनले ‘वार कम्युनिज्म’ लागू गरे । सोभियत संघमा क्रान्ति सम्पन्न गर्नभन्दा सत्ता टिकाउने क्रममा सन् १९१७ देखि १९२२ सम्ममा लाखौं गुणा बढी रगत बग्यो । १९२२ सम्म गृहयुद्ध जारी नै थियो । त्यस बेलासम्म ‘वार कम्युनिज्म’ लाई मजदुर र किसानले आँखा चिम्लेर समर्थन गरे । तर, गृहयुद्धको समाप्तिसँगै जनताले ‘वार कम्युनिज्म’ प्रति असन्तोष व्यक्त गरे । सन् १९२२ मा लेनिनले कम्युनिस्ट पार्टीको दसौं महाधिवेशन बोलाएर ‘नयाँ आर्थिक नीति (नेप)’ पारित गराए ।

त्यसैगरी, माओले पनि चीनमा क्रान्ति सम्पन्न भएलगत्तै पहिलो चरणमा सन् १९४९ देखि १९५६ सम्म ‘जनवादी अर्थनीति’ लागू गरे । सन् १९५६ पछि भने ‘समाजवादी अर्थनीति’ लागू गर्न माओले ‘महान् अग्रगामी छलाङ’ को नीति लिए । सन् १९७६ मा माओको मृत्यु भयो । त्यसको दुई वर्षपछि अर्थात्, सन् १९७८ मा बसेको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले देङ स्याओ फेङलाई ‘सर्वमान्य नेता’ बनायो । त्यो विस्तारित बैठक वस्तुत: चिनियाँ कम्युनिस्ट पार्टीको ‘नीति–सम्मेलन’ नै थियो । उक्त बैठकमा देङ स्याओ फेङको प्रस्तावअनुसार नै दुईवटा महत्वपूर्ण लक्ष्य निर्धारण गरियो– पहिलो, चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको सयौं वर्षगाँठ (सन् २०२१) सम्ममा चीनलाई मध्यमस्तरको विकसित राष्ट्रका रुपमा उभ्याइछाड्ने; र दोस्रो, चिनियाँ क्रान्ति सम्पन्न भएको सयौं वर्षगाँठ (सन् २०४९) सम्ममा चीनलाई पूर्ण विकसित समाजवादी राष्ट्रका रुपमा उभ्याइछाड्ने ।

चिनियाँ कम्युनिस्ट पार्टी अहिलेसम्म सोही कार्ययोजनामै हिँडिरहेको छ । अझ सी जिन फिङ नेतृत्वको केन्द्रीय समिति त सन् २०३५ मै उक्त लक्ष्य भेट्ने गरी लागिपरिरहेको छ । सन् १९९० को दशक पछि विश्व पुँजीवादी प्रणालीमा केही नयाँ बिशेषताहरु बिकसित भएका छन । भुमण्डलीकृत पुँजीको चरित्रमा आएको बदलाव, बदलिदो शक्ती सन्तुलन, उत्पादन पक्रियामा बिकसित भएको अन्तरनिर्भरता र बिसिस्टीकरणका कारण साम्राज्यबादी शक्तिहरुमा अन्तरबिरोध कमजोर हुदै गइरहेको छ । बिज्ञान र प्रविधिको बिकास र यसले उत्पादन र बितरण प्रणालीमा पारेको प्रभाव, पर्यावरणमा बिश्व पुँजीवादले पारेको प्रभाव आजको वामपन्थि अन्दोलनले शस्लेषण गर्न पर्ने बिषय हुन् ।

नेपालको आफ्नो सन्दर्भ

स्थापनाको ६९औं वर्षमा बल्ल नेपाल कम्युनिस्ट पार्टी देश र जनताको जिम्मा लिने ठाउँमा आइपुगेको थियो । तर, कमजोर सैदान्तिक धरातल र गलत नेतृत्वका कारण यो लामो समयसम्म टिक्न सकेन । वामपन्थी आन्दोलनलाइ नै बदनाम गराउने र सक्ने मनशायले सरकारमा रहेको दक्षिणपन्थी ओली गुट लागिपरेको छ । पूर्ववर्ती रसियन, चिनियाँ वा क्युबाली अर्थनीतिको ‘कपी–पेस्ट’ गरेर चल्न सक्ने धरातलीय यथार्थता पनि विद्यमान छैन । तर हामीले आफनै मौलिक मोडलको पनि विकास गर्न सकेका छैनौं ।

कामका आधारमा जनप्रतिनिधी कुन दलका हुन भनेर छुटयाउने सक्ने आधार छैन । पार्टी कार्यकताको परिचालन केबल चुनाव देखि चुनावमा सिमित रहदै आएको छ । आर्थिक सामाजिक र सास्कृतिक रुपान्तरणमा राजनैतिक शक्तिको परिचालन हुन सकिरहेको छैन । नेपाली समाजमा बिद्यमान वर्गहरुको अवस्था हो के हो ? वर्ग संघर्षको आवश्यकता र स्वरुपको बारेमा केही नयाँ निस्कर्ष निकाल्न जरुरी छ । त्यसका आधारमा नेपाली मोडलको समाजवादको नयाँ कार्यक्रमर समाजवादको कार्यदिशा बनाउन जरुरी छ । यसका निम्ती पाटीको आन्तरिक सीमा भन्दा माथि उठेर माओवादी पार्टीले नीति सम्मेलन गर्न जरुरी छ ।

पिछडिएको उत्पादक शक्तिको बिकास, उत्पादनको बृद्धी , राष्ट्रिय आयको समताको आधारमा बितरण र उत्पादन सम्वन्धमा परिर्वतन गर्दै समााजवादमा जाने बाटो तय गर्नु आजको माओवादी आन्दोलनको एतिहासिक कार्यभार हो । ‘पुँजीवादका पिता’ एडम स्मिथ र पृथ्वीनारायण शाहको जन्म एउटै वर्ष (सन् १७२३ मा) भएको थियो । पृथ्वीनारायण शाहको मृत्यु भएको एक वर्षपछि अर्थात् सन् १७७६ मा एडम स्मिथद्वारा लिखित पुँजीवादीहरुको ‘बाइबल’ मानिने ‘वेल्थ अफ नेसन’ नामक पुस्तक प्रकाशित भएको थियो । युरोपमा नेपोलियन बोनापार्टको साम्राज्य खडा हुनुभन्दा अगाडि नै नेपाल साम्राज्य खडा भैसकेको थियो ।

काठमाडौंकेन्द्रित मल्लकालीन नेपाल त्यतिबेलाको युरोपभन्दा निकै अगाडि थियो । युरोपमा नेपोलियन बोनापार्टको साम्राज्य सन् १८१५ मा पतन भयो । सन् १८१६ मा सुगौली सन्धिमार्फत नेपाल साम्राज्यले आफ्नो ठूलो भूभाग गुमायो । सन् १८०० सम्म हामी विश्वसँग सँगसँगै थियौं । १८१६ को सुगौली सन्धि र जंगबहादुर राणाको पालामा भएको दोस्रो नेपाल–भोट युद्धपछि नेपालले चीन–भारतबीचको ‘व्यापारिक पुल’ को भूमिका गुमायो ।

नेपालमा ब्रिटिस–भारतीय मालसामानको प्रवेश सहज बनाइनासाथ यहाँको औद्योगिक उत्पादन–क्षमता पनि गुम्यो । औद्योगिक उत्पादन–क्षमता गुमाउने क्रम सन् १८१६ देखि आजसम्म जारी नै छ । यहींनेर टुटेको छ, हाम्रो विकास र समृद्धिको कडी । औद्योगिक राष्ट्रिय पुँजीको निर्माण , समतामूलक समृद्धि र समाजवादको यात्रा जस्ता महत्वपूर्ण र अत्यन्तै गह्रुँगा सपनाको जगमा बनेको नेपालको वामपन्थी आन्दोलन सामान्य सुधारले मात्र अगाडि बढन संभव छैन । यसका निम्ति एउटा ‘प्रलयकारी महाभूकम्प’ जरुरी हुन्छ । एक्काइसौ शताब्दीको पुँजीवादको नयाँ शस्लेषण बिना एक्काइसौ शताब्दीको समाजवादको बिकास संभव छैन ।

समाजवादको नयाँ शस्लेषका निम्ती हिजोको एक्काइसौ शताब्दीको जनवाद मात्र पर्याप्त छैन । यद्यपि त्यसले नेपाली कम्युनिस्ट आन्दोलनमा महत्वपुर्ण योगदान गरेको छ । एक्काइसौ शताब्दीको समाजवादी कार्यदिशा निर्माण गर्न नीति सम्मेलन अपरिहार्य आवश्यकता हो । हिजोको माओवादी आन्दोलन पुँजीवादी जनवादी क्रान्तिका लागि थियो । अब समाजवादीकालागि नयाँ माओवादी आन्दोलनको जरुरी छ । त्यसकानिम्ति नेपाली समाजवादको मोडलको बिकास गर्न आवश्यक हुन्छ । त्यसको निम्ति पार्टीको आन्तरिक सीमाभन्दा माथि उठेर नीति सम्मेलनको आयोजना गरौ । एकाइसौ शताब्दीको समाजवादी कार्यदिशाले मात्र समाजवादको निर्माण संभव छ ।

डिपि ढकाल – अध्यक्ष, नेकपा (माओवादी केन्द्र) भक्तपुर

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..