यसरी बित्यो मेरो कान्तिपथ डटकममा तीन बर्षे यात्रा !

गणेश विक / काठमाडाैँ । कान्तिपथ मिडिया प्रा.लि ( https://kantipath.com) म यस अनलाईनमा आबद्ध भएर काम गरेको तीन वर्ष पूरा भएको छ । आजदेखि चाैथाे वर्षमा प्रवेश गरेको छु । जेठ ११, २०७८ बाट यस अनलाइनमा तीन वर्षमै आफ्नो बेग्लै अनि बलियो छाप बनाउन सफल भइसकेको छु ।

पछिल्लो समयमा ४०/५० लाखदेखि डेढ करोडसम्मको लगानीमा नयाँ अनलाइनहरू बजारमा आइरहँदा यस अनलाइनमा पनि सोचेजस्तो गरी अगाडि बढाउन केही समस्या नभएका हैनन् ।

अब अलिकति यसको विगततर्फ जाऔँ, यो डोमेन ( https://kantipath.com) सन् 2015-08-26 मा किनिएको हो । हाम्रो नारा नै छ ‘‘बिचार संवाहक’’ म  कान्तिपथ डटकममा सह-सम्पादककाे रुपमा कार्यरत छु । साथै मैले याे अनलाइनमा कुनैपनि राजनैतिक पार्टीको गुणगान गाउन वा कुनै अमुक गुटलाई उकास्न वा पछार्नका लागि यो अनलाइन मिडियामा आबद्ध भएकाे हाेइन  । समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्ने गरेकाे छु । त्यसमा म कतिसम्म अगाडि बढेकाे छु, त्यो पाठकहरू र कान्तिपथ मिडिया प्रा.लिका प्रवन्ध निर्देशकले मूल्याङ्कन गर्ने कुरा हो ।

यस ( https://kantipath.com) मा प्रकाशित हुने समाचारहरू आफ्नै गाेप्य स्राेत तथा सरकारी एजेन्सीका माध्यमबाट उत्पादन हुने भएका कारण यो एक विश्वसनीय अनलाइन पोर्टल हो ।

म गरिबी परिवारमा जन्मिएको व्यक्ति हुँ । सानैदेखि केहि न केहि नयाँ काम गर्न मन लाग्थ्यो । विशेष गरि एफएम रेडियोका कारण सञ्चार क्षेत्रमा आकर्षित गराएको थियाे । काठमाडौँमा घुमघाम गर्न मन लाग्यो केही समयको लागी बझाङबाट नेपालकाे  राजधनी काठमाडाैंमा आई पुगे । यहि शिलशिलामा ( https://kantipath.com) मा काम गर्ने मौका पाए । पहिला म गाँउकै स्थानिय रेडियो र राष्ट्रिय अनलाइन मिडियामा काम गर्थे ।

तर काठमाडौं आएपछि एकदमै गाह्रो भयो मलाई खान बस्नदेखी लिएर सबै कुराहरुमा केही पत्रकारहरू साथिसँग चिनजान एकदमै राम्रो थियो मेरो । मैले संचारकेन्द्र डटकमका अध्क्षय कमल बुढालाई काम गर्नेकाे कुनै मिडियामा काम खोजी दिनु भने । तेसपछि कमल बुढा दाईले मलाई काम खाेज्नु दिनु भयाे अथवा म यस ( https://kantipath.com) मा आबद्ध भए ।

तर यो काठमाडौंमा कोठा नै पाउन गाह्रो भयो कोठा खोज्नेक्रममा दलित भएकै कारण कोठा नपाउने समस्या आयो । त्यसपछि  नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेब जैसी दाईसंग भेट गरेर मलाई बस्नलाई काेठा खाेजिदिनु पर्याे भन्दा खेरी अहिले नआत्तिनु,  अहिले नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयकाे गेस्ट रूममा बस्नु खाेजि गर्दै गराैंला काेठा पाएपछि फाेन गराैला भाइ भनेर सलाह दिनु भयाे र म एक महिना गेस्ट रूममा बस्न बाध्य भए, तेसपछि ( https://kantipath.com) (प्रवन्ध निर्देशक) दाईहरूसंग सलाह गरेर अफिसमै बस्ने ब्यबस्था मिलाई दनिु भयो ।

अनि त्यसपछि म ( https://kantipath.com) मा एकदमै मेहनतका साथ अघि बढे सबैले रिष डाहा गरे तर मैले आफ्नो कामलाई निरन्तता दिइरहे । मलाई समाज परिवर्तन गर्ने सशक्त माध्यम पत्रकारिता अर्थात सञ्चार क्षेत्र रहेछ भन्ने लाग्यो । विद्यालयमा अध्ययन गर्दाको एफएम रेडियाेमा बोल्ने रहर र आफ्नो जीवनमा घटेको घटनाले मलाई पत्रकारितामा डो-याउन सहयोग गरेको हो ।

यहि सन्दर्भमा मेरो इच्छालाई कान्तिपथ मिडियाले साकार पारेको हो । कान्तिपथ डटकमले मेरो यात्रालाई काठमाडाैँमा टिकाउन थप सहयोग गर्याे । र आजसम्म पत्रकारितामा रमाइरहेको छु तर तीन साल बितेको थाहा नै भएन।

पत्रकारिता नितान्त समाजका लागि गरिने इमानको पेशा हो । यो पेशामा आफ्नो व्यक्तिगत इच्छा, आकाक्षा र स्वार्थ हावी हुनु हुँदैन । नितान्त समाजका लागि निस्वार्थ भएर इमानका साथ सत्यको पक्षमा बोल्ने, लेख्ने पेशा हो पत्रकारिता । जहिले पनि शक्ति र सत्ताको निगरानी गर्छ ।

सत्यका लागि शक्तिको विरोध गर्ने, सत्ताका लागि मरिहत्ते गर्ने गलत प्रवृतिको जहिले पनि विरोध गर्नुपर्छ । भनिन्छ कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गरेको काम नागरिकका पक्ष छन की छैनन, यी तीनै अंगले गलत काम गर्दा त्यसको गल्ती औल्याउने काम सञ्चार क्षेत्रले गर्छ । यसकारण हाम्रो पेशालाई चौथौ अंग पनि भनिन्छ । कसैले चाहदैमा सजिलै गर्न सक्ने पेशा पनि होईन । निरन्तरको अध्ययन, आम नागरिकको सर्वोपरी हित गर्ने दृढ संकल्पसहित पत्रकारिता गर्नुपर्छ भन्ने मेरो मान्यता छ । हाम्रा अग्रज पत्रकारहरुले निकै निष्ठा र जीवनको उर्जावान समयको त्याग गरेर पत्रकारितालाई व्यवसायिक यूगमा ल्याउनुभएको हो । तसर्थ हामीले जहिले अग्रजलाई सम्मान र नवप्रवेशीलाई प्रोत्साहन गर्नुपर्छ ।

मैले परिचय पाए । आज नेपालको राजधानी काठमाडौंबाट पत्रकारिता गर्नेहरु को-को छन्, भनेर भन्दा मेरो नाम जोडिएको छ । समाचारकै कारण कसैको जीवन परिवर्तन भएको छ ।

पत्रकारिताकै कारण आजसम्म काठमाडौंमा टिक्न विक्न सकिएको छ । परिवारसँग दुःख सुख साटेर जीवन यापन भइरहेको छ । वुवा, आमा, श्रीमती, छोरा, भाइ/बहिनी साथिहरु पनि खुशि हुनुहुन्छ ।

आज एउटा सामान्य कार्यक्रम प्रस्तोताबाट सञ्चारकर्मममा होमिएको म विभिन्न सञ्चारगृहमा नेतृत्व तह हुँदै राष्ट्रिय दलित पत्रकार संघ काठमाडौं उपत्यका प्रदेशको उपाध्याय र  नेपाल पत्रकार महासङ्घ काठमाडाैं शाखाकाे सदस्य सम्म हुने पुगे । याे यात्रा अझै अगाडी बढ्ने क्रमजारी नै रहेकाे छ ।  यो नै मेरो पत्रकारिताको प्राप्ति हो । अर्को सबैभन्दा ठूलो कुरा भनेको मैलै पत्रकारिता नगरेको भए, समाजलाई नै बुझ्न सक्ने थिएन । समाजका हरेक पात्रहरुसँग भिज्ने मौका मिलेको छ ।

जीवनको उपलब्धिको मापन आर्थिकलाई नमान्ने हो भने अध्ययन, समाज र परिचयलाई मैलै उच्चतम प्राप्ती नै मान्नुपर्छ । पत्रकारिता भनेको त्याग र संर्घषबाट हुने पेशा हो । पत्रकारिताका लागि अध्ययन अनिवार्य चाहिन्छ । तर, अध्ययन मात्रै ले पुग्दैन । यसको लागि फेरी पनि संर्घष नै चाहिन्छ । पत्रकारिताको विकास भइरहेको छ । अहिले बढी चुनौती भनेको नयाँ मिडिया हो ।

आम सञ्चारका माध्यम पत्रिका, रेडियो र टेलिभिजनलाई अनलाईन मिडियाले चुनौती दिएको छ । मिडियाको महत्व दिनप्रतिदिन बढिरहेको छ । तर माध्यम परिवर्तन भएको छ । यसकारण अब पत्रकारितालाई टिकाउनका लागि प्रविधि सिक्न अनिवार्य भइसकेको छ । सरकारले पत्रकारितालाई मर्यादित बनाउनका लागि स्थापना गरिएका संरचना गतिशिलता बढाउनुपर्छ । मिडियाको संख्या मात्रै भन्दा पनि यसको गुणात्मक विकासमा ध्यान दिनुपर्छ । हरेक पेशामा चुनौती छ ।

कान्तिपथकर्मिलाई डिएसपीको धम्की: “समाचार नहटाए डल्लो पार्दिन्छु” (अडियाेसहित)

चुनौतीहरु त स्वभाविक खेप्नुपरेको छ नै । समाचार लेखेकै कारण पनि केहि असहज अवस्थाहरु आए केही क्षेत्रबाट ज्यान मारीदिन्छु भन्ने धम्की समेत आए ।

समाजको हितका निम्ति काम गर्दा केहि कठिनाईहरु आएका थिए । यसका अलवा शुरुवातमा स्थापित हुनकै लागि ठूलो संघर्ष गर्नु पर्छ । त्यो संघर्षले जीवनलाई बुझ्ने ठूलो अवसर पनि मिल्यो ।

अझै थप कुराहरु बाकीँ नै छ प्रतिक्षा गर्नुहाेला केही समयपछि प्रकाशित हुने सम्पूर्ण साथिहरुमा जानकारी गर्दछु ।

                                                                                   धन्यवाद ।।।

 

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..