कोरोना महामारीमा आदिवासी गुरुङ

रामबीर तमु /कास्की ।

विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण विश्वका सवै मानव समुदायलाई प्रभावित बनाए झै नेपालका आदिवासी जनजातिहरु पनि प्रभावित भएका छन् । यसरी प्रभावित हुनेमा गुरुङ आदिवासीहरु पनि छन् । नेपालको गण्डकी प्रदेशका विभिन्न जिल्लालाई मूल थातथलो बनाएर बसोबास गरी रहेका आदिवासी गुरुङमा मानवीय क्षती संगै आर्थिक, सामाजिक तथा साँस्कृतिक पक्ष समेत प्रभावित बनाएको छ ।

सघन उपस्थिति गण्डकी प्रदेशमा भए पनि आन्तरिक बसाई सराइका कारण देशैभरी र विदेशमा समेत गुरुङहरुको बसोबास पाइन्छ । कृषि, पशुपालनजस्ता परम्परागत पेसामा आवद्ध गुरुङहरु पछिल्लो समयमा व्यापार तथा पर्यटन क्षेत्रमा पनि आवद्ध रहेका छन्।

पर्यटन क्षेत्रमा गहिरो असर
कोरोना महामारीका कारण सबै भन्दा बढि प्रभावित भएको पर्यटन क्षेत्र हो । गुरुङ समाज पनि सिमित रुपममा भए पनि पर्यटन क्षेत्रमा आवद्ध छन् । जे जति पर्यटन क्षेत्रमा लागेका छन् उनीहरुको व्यापार तथा व्यबसायमा गहिरो असर पुगेको छ ।
तमु पर्यटन व्यबसायी संघकी अध्यक्ष कमला गुरुङको भनाइमा गुरुङहरुलाई सबै भन्दा बढी हानी पर्यटन व्यबसायमा भएको छ ।

‘कोरोनाले सबैभन्दा धेरै असर गरेको भनेको पर्यटन क्षेत्रलाई नै हो , यस्तो अवस्थामा पर्यटकहरु एक स्थानबाट अर्को स्थानमा जानसक्ने अवस्था भएन । त्यसकारण होटल व्यवसाय, ¥याफटिङ, रेष्टुरेन्ट र ट्राभल, ट्रेकिङका सबै व्यवसायहरु धरासायी बनेका छन् ।’ कमलाले भन्नु भयो– ‘पर्यटन क्षेत्रका गाईड पोटरहरुलाई त हातमूख कै समस्या छ । उनीहरु भनेका श्रमजिवी बर्ग हुन् । यस क्षेत्रका पर्यटन मजदुरलाई लक्षित गरेर राज्यका कुनै पनि राहत कार्यक्रम आएको छैन ।’

गोर्खा लाहुरेहरु गुमाइयो
लाहुरे संस्कृति गुरुङ समुदायको अभिन्न अंग हो । गोर्खा सैनिकका रुपमा बेलायती सैनिकमा भर्ना हुने गुरुङ समुदायको एक परम्परा जस्तै रहृको छ । तर गोर्खा सैनिकबाट अवकास प्राप्त धेरै जेष्ठ नागरिक कोरोना संक्रमणबाट मृत्यु भएको तमू ह्युल छोँजधिका अध्यक्ष रेशम गुरुङको भनाई छ ।
’संसार भरिनै कोरोनाको प्रभाव छ ।

एक हिसावले मानव जातिको अस्तित्व माथी नै यसले प्रश्न चिन्ह् खडा गरेको छ । तर गुरुङ समुदाय भित्रमा मात्र कुरा गर्ने हो भने वेलायत पुग्नु भएका धेरै जना हाम्रा अग्रज पूर्ब गोर्खा सैनिकहरु गुमाउनु प¥यो । उहाँहरुसंगको ज्ञान, सीप र अनुभवबाट देशले र सिंगो गुरुङ समाजले फाइदा लिन सक्थ्यो । यो दुखद् पक्ष हो ।‘ यही प्रसंगमा उहाँको थप भनाई थियो–’कोरोना प्रभावित गुरुङहरुको यकिन तथ्याँक ृपलव्ध छैन, तर हामी के अनुमान लगाउन सक्छौ भने कोरोनाका कारण हामीलाई ठूलो क्षति पुगेको छ ।‘

उहाँले कोरोनाका कारण तमु ह्युल छोजधिःको साँगठनिक काममा पनि बाधा आएको विवरण सुनाउनु भयो । ’चैतको १८ हामीले तमु एकता दिवस भनेर मनाउने गर्दथ्यौ । त्यो मनाउन सकिएन । आजसम्म पनि संस्थाका पदधिकारी बीच भौतिकरुपमा बैठक बस्न सकिएको छैन । कार्यलयमा पुस्ताकलय र संग्राहलय निमार्ण गरिरहेका थियौँ त्यो गर्न सकिएको छैन । संस्थाको महाधिवेसन पनि रोकिएको छ ।‘

सकारात्मक पक्ष पनि छन्
जहाँ चुनौीत त्यहाँ अवसर भने झै कोरोना महामारीका कारण थपिएका चुनौीतका बीच केही सकारात्मक पष पनि उजागर भएको तमु ह्युल छोजधिःका अध्यक्ष गुरुङको तर्क छ । आदिवासी तमु गुरुङहरुको आफनै परम्परा र संस्कारहरुलाई यो महामारीले सम्झाएको उहाँको दावी छ । ’गुरुङहरुको खानपिनका आफनो शैली छ ।

यो शैलीलाई कोरोनाले सम्झाएको मात्र होइन पुनस्थापना गरेको छ ।‘ अध्यक्ष गुरुङले भन्नु भयो –’सहरको कुरा नगरौँ, तर जहाँ हाम्रो थातथलोमा रहनु भएका गुरुङहरुको परम्परागत खानाको कुरा छ, यो बैज्ञानिक भएको र यसले महामारी विरुद्ध जुध्न सहयोगी हुने तथ्यहरु प्रकाशमा आएका छन् । गाउँघरमा खानामा गुरुङहरुले खाने गरेको ढिडो पिठो र अर्गनिक सागसव्जीले रोगप्रतिरक्षा प्रणालीलाई बलियो बनाउने कुरा आएको छ ।

हाम्रो समाजलाईए आफनो परम्परा प्रति गर्ब गर्न यसले पनि सिकाएको छ । यसलाइ सकारात्मक पक्षका रुपमा लिनु पर्दछ ।‘ नेपाल आदिवासी जनजाति युसवा संघका पूर्ब अध्यक्ष जिएस गुरुङले पनि आदिवासी तमु गुरुङहरुको प्रथाहरु, परम्पराहरु र प्रथाजन्य संस्थाहरु कोरोना कालमा सम्झन पुगेको र पुर्खाका ती बिरासतले आदिवासीलाई बचाएको बताउनु भयो । हाम्रा परम्पराहरु बैज्ञानिक भएको र प्रकृतिको निकट भएर बाच्ने समुदायहरुले परम्परा अनुसार नै संकटको सामना गरेको पनि बताउनु भयो । (साभारः इन्डिजिनियस फिचर सेवा)

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..