समय – इश्वर चौलागाईं

kishor chaulagain

समय
एउटा पासाे
त्यहि पासाे भित्रकाे समय
बिना सुचना
दाउ हेरदै आँउछ ।
मानब बस्तीमा
जिवनकाे मैदानमा खेल्छ
कुरताकाे निर्मम खेल
बन्दै काेराेना कहर
बाढी पैराे बगर
दु:खहरुकाे आँसुमा पग्लदैन
भाेकहरुकाे चिच्याहटमा गल्दैन
केवल विचारहिन
केवल मनबिहीन
टेक्छ मान्छेका काेमल छातीहरु
निचाेर्छ मनहरु
निमाेठ्छ जिबनहरु मृत्युसँग

अन्त्तत
जिबन भाेगाई
एक सिक्काकाे दुई पाटा न हाे
घामपानी
सुखदु:ख
आँसुहाँसाे
मिलनबिछोड
जन्ममृत्यु

Kantipath Media

यो छुट्टाउनु भो कि..