जुन दिन कपालमा कात्रो बाँधेर दुनियाँ बदल्न भनेर हिडियो : जोग कठायत 

बन्दी जीवन बिताएको पनि सय दिन बित्न थालीसकेको थियो । म आउने बाटो पर्खदा पर्खदै दैलोमा बलुन्धारा आँसु बगाएर पर्खिरहेकी आमाको भरोसाको भ¥याङ भत्किसकेको हुदो हो । एक दिन मलाई भेट्न आउदा बझाङ कारागारमा आमाले रुदै भन्नुभएको थियो “छोरा तेरो अभाबले मन्दिएको घर चुडिएको आस्था छेदबिछेद भएको छ मन कुडिएको छ, आत्मा जलेको छ ।” आमाले सुनाउनु भयो । आमाका आशाले भरिएका अनी दुःख मिश्रित शब्द सुन्दा आकाश घुमे जस्तो लाग्यो । म उभिनै सकेन रिगाटा लागेर सिधै भुइमा पछारिन पुगे । अनि हेक्का थाम्न गा¥हो भयो । गहभरी आँशुका बलुन्धारा बग्न थाले र म गेटबाट फर्केर बेडमा पल्टिदै साहारको साहास बटुल्न थाले ।

जुन दिन कपालमा कात्रो बाँधेर दुनियाँ बदल्न भनेर हिडियो, त्यहि दिन मेरो जिन्दगीको संघर्षको सुरुवातीको नयाँ अध्याय थियो । तर धेरैले मेरो मेरो संघर्षलाई चिरफार गरेर अन्त्यष्टीको लख काटे ता पनि मलाई हेक्का छ ‘म संघर्षको मार्गमा गन्तव्यमा पुगेरै छोड्ने छु।’ यहि मेरो जिन्दगीको दौडको सफलताबाट धेरैले आरिषको आगोमा डढाउन खोजे ता पनि म कहिल्यै पनि डढिन र अहिलेसम्म कसैले डढाउन पनि सकेको छैन। मलाई आशा छ एक दिन परिकल्पनाको स्वर्ग नभेटाए पनि सपनाको स्वर्ग अबस्य भेटाउने छु ।

राज्यले म माथी लगाएका तथाकथित दर्जनौं मुद्दाको भारीले मेरो भौतिक जीवन त बन्दी बन्यो होला तर म भने राजनीतक गर्भको भ्रुण भित्र धारिलो बनेर हुर्किदै गए । जन्मिदै जेल जाने द्वापर युगमा कृष्ण थिए । दलाल पुजीवादी युगमा म रहेछु । यमुनाको बाढी घटेपछि कृष्ण मुक्त भए । तर म भने यो मुलुकमा मौलाएको मैमत्ते धुर्बे हात्तीको अहंकार कहिले समाप्त होला र यो बन्दी गृहबाट मुक्त हुला भनेर पर्खिरहे । भुई मान्छेको भावना समेटेर वर्ग बिभेदकारी समाज रुपान्तरणको वकालत गर्दा राज्यद्रोहको पगरी भिराइएको यो जिन्दगी कामरेड बिप्लबको बिचारबाट बलेको बिद्रोहको बिकराल रुपप्रति झनै लालाहित बन्दै गयो ।

बिद्रोहको चेत झनै स्पातीलो बनेर आयो । हेक्का रहोस्, इतिहासका थुप्रै गल्तीका कारण महाराजले सिहासन र श्रीपेच गुमाएका थिए । आज दलाल पुजीबादका पिल्लरहरु जन आक्रोसको अग्नी कुण्डमा जलेर भस्म हुने कुरा निश्चित छ ।

जेल जिबनले मेरो जिन्दगीको भ्रुणलाई गर्भसम्म पु¥याएर एक परिपक्वताको रुप दिएको छ । जेलका जन्जीरले दर्जनौं पटक बाँधिएको मेरो यो भौतिक जिबनलाई अपराधीको आरोप लगाएर बलिको बोको बनाउने सरकारी रबैयाको अगाडि मलाई रत्तिभर डगमगाउनु थिएन र छैन पनि ।

कुनै युग थियो, बिपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाले आम जनताको हालत बारे त्यो बेलाका प्रधानमन्त्री जुद्द शमशेरलाई आम जनताको गरिबी बारे अवगत गराउन गरिबहरुका फाटेका लुगाहरुको पोको पारेर सिंहदरबारमा नासो पठाउदा देशद्रोहको मुद्दा खेपेर १९७६ मा देश निकाला हुनु परेको थियो । ठिक आजको दुनियाँमा यो देशका शाशकहरु रैतीको श्रमशोषणबाट सम्बृदीको खोजी गरिरहेका छन । यिनको बोलीमा कानुन छ। यिनको हुकुमलाई शिरुपोण नगर्नेहरु दण्डीत हुन्छन । समाजका झोले र हनुमान बाहेक सचेत र लोकप्रिय मान्छेहरुले यो सत्ताको मतिहिनताको शिकार बन्नु परेको छ। म पनि लुटधारी राज्यसत्ता संञ्चालकको सिकार बनेर संघर्ष गरिरहे।

सबै चिजबाट बञ्चित गरिएर बख्तरबन्दमा थुनिएको मान्छेको जिन्दगी कस्तो हुँदो रहेछ । त्यो त स्वयम् भोग्नेहरुलाई थाहा हुन्छ । हातमा हतगडी बाँधीएको अनुहारको चित्र कस्तो हुदो रहेछ । अनि कस्तो हुदो रहेछ प्रतण्डनाको प्रहार ठुलाठुला पर्खालभित्र बाँचेको जिबनले कस्तो देख्दो रहेछ भबिष्य, यी सबै कैदी बन्दिका लागि आला कथा जस्तै हुदाँ रहेछन ।

जेल जिबनमा भेट्न आउने वा नआउनेको ठुलो लेखाजोखा हुदो रहेछ । शुरुमा राजनीतिक घटनाक्रमबाट आएकोले मलाई यसको कुनै मतलब थियन । तर समय बित्दै जाँदा अन्य कैदीको पीडा संगै मलाई पनि यो सत्य लाग्न थाल्यो, कि आफ्नो पृतीको मलामीमा कति इष्ट मित्र वा छिमेकीको उपस्थिती छ भनेर कृयापुत्रीले गणना वा मुल्यांकन गर्छ ठिक त्यस्तै कैदी जिबनमा भेट्न र सहानुभूति दिन आउनेहरुको नाम जपेर बसिदो रहेछ । हुनपनि जिउदै मान्छेका जिबनमा यो भन्दा बढी दुःख कहाँ होलार ?

छुट्टै परिधिभित्र को बसाई अलगअलग समाजबाट छानीछानी ल्याएका कैदीहरुको बिचमा हुने जीवन यापन कम्ती सकसपुर्ण हुदैन । यो जिउँदाहरुको लाशघरमा बस्दा को आफ्नो र पराईलाई निकै महत्वका साथ मुल्यांकन गरिदो रहेछ । मलाई जेलमा भेट्न आउने दाजुभाइ, दिदीबहिनी, इष्टमीत्र, राजनीतिक दलका शुभचिन्तक अन्य साथीहरू सबैलाई हार्दिक धन्यवाद छ । खुल्ला आकासमा फेरि निर्णायक संघर्षमा होमीने प्रतिबद्धता गर्दै एक पटक मान्छे भएर देशलाई देख्न सवैले सक्नु पर्छ । सवैले मान्छे भएर बाँच्न सकुँन सुभकामना । लेखक : जोग कठायत 

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..