annapurna add

मेरो…प्यारो दाई

हजुरले हामीलाई छोडेर गएको पनि १ बर्ष भैसक्यो । दाइ हजुरको आत्माले सान्ती पावस । यो पापी दैबले हजुरलाई हामीबाट टाढा लगेपनी हजुरका यादहरु सदैव हाम्रा साथ रहने छ्न । हजुरले सानैदेखि गाउँबाट शहर लियर आईस्यो र जिबनमा ठुलो मान्छे बन्नु पर्छ भनेर सिकाईस्यो । सदैव राम्रो बाटो हिँड्न राम्रो काम गर्न सिकाइस्यो ।

letter kalasha shahi kantipathहजुर हुँदा र हजुर नहुदा जिन्दगी निकै फरक छ । दाइ हजुर हुँदा हामी खुशी थियौ तर अहिले खुशी भन्ने शब्दमा मात्रै छ । दाज पहिला केहि कुराको कमि थिएन तर अहिले सबै कुराको अभाव छ । दाइ अब हजुर आईसिने आसापनी म’रि सक्यो हजुर हुँदा म छदैछु तिमीहरूलाई केही हुनदिन्न भरेर सम्झाई बुझाई गरिसिन्थ्यो तर अहिले हजुरले हामीलाई छोडेर गएपछि हामीलाई सम्झाउने कोही छैन ।

साना बाट ठुलो बनाईस्यो केही नबुझ्ने थियौ बुज्ने बनाईस्यो सपना नभएका आखामा । ठुला सपना देखाएर हामीलाई बिचैमा छ्ट्कै गैइस्यो यो पापी दैबले हजुर संगै हाम्रो दाइ भन्ने नाता सदाकालागी खोसेर लग्यो । यो साईनो नत किन्न नै मिल्छ नत फेरि जोड्न नै सकिन्छ । हाम्रो जिबनमा धेरै दाइ होइसिन्छ तर हजुर होइसिन्न दाई ,एउटा् सानो घरमा ठूलो छोरा भएर सबैको खुसी बोकेर आखामा ठुलो सपना सजाएर सबै जिम्मेवारी लिएर घर छोडेर हिडेको बेला सबै रोएका थिए ।

आफुले पढेर हामीलाई पनि पढाउनका लागि यो बिरानो शहरमा ल्याईस्यो तर गन्तव्यमा नपुग्दै यो पापी दैबले हामिबाट खोस्यो। यति छिट्टै छोड्ने मन रहेछ त्यसैले आफुलाई भन्दा धेरै माया हामीलाई गरिसिन्थ्यो । दुई दिनका लागि जिन्दगीमा खुसी देखाइस्यो । तर यो खुशी सदाकालागी हाम्रो भाग्यमा रहेनछ ।

दाई साना भाईलाई मुवा बुवा बाट छुटाएर ल्याईस्यो यहाँ हुर्काईस्यो अहिले आएर टुहुरा जस्तै यो अन्जान शहरमा छोड्स्यो । मुवा बुवाको ठुलो साहाराहरु नै होइसिन्थ्यो तर जुनदीन हजुरले छोडेर गैस्यो त्यो दिन बाट हाम्रो सबै साहरा बेसाहारामा परिणत भयो

दाई … म बाचा गर्न चाहन्छु तपाईंको देश प्रतीको माया र हजारौं ती गरिब दुखीको सपनालाई साकार पार्न म निरन्तर तपाईंले देखाएको परिबर्तनको बाटोमा निरन्तर लाग्ने बाचा पनि गर्न चाहन्छु । म मात्रै नभए हजारौं परिबर्तनकारी देशभक्त राष्ट्रप्रेमी नेपाली दाजुभाइ दिदी बहिनीहरु निरन्तर परिबर्तनको खोजी गर्दै अहिले पनि जेलनेलमा हुनुहुन्छ एकीकृत जनक्रा’न्ती हुँदै बैज्ञानिक समाजवादको यो महान अभियानमा मेरो पनि अबिराम भुमिका रहने छ । तपाई को सपना पूरा गर्न प्रतिवद्ध छु दाई ।

दाई अझैपनि मोबाइलमा घण्टी बज्दा कतै दाईको फोन आयोकी भनेर हेर्ने गर्छु । तर बर्ष भैसक्यो हजुरको फोन आएन दाइ ।
म बेलुका आउछु भने गैस्यो दाइ तर यहाँ १ बर्ष भैसक्यो आईसिन्न दाई, भाईहरुले खोइ दाई भनेर खोज्छ्न, दाई म के जवाफ दिनु भाईहरुलाई हजुर कता होइसिन्छ दाई । हजुर नहुदाको यो जिन्दगी ओलिएको फुल जस्तै भएको छ ।

हजुरमाथी दुश्मनको आखा लायो दाई आफ्नै अगाडी र’गतको खोला बगेको देख्न पर्यो ।
हजुरको रग’त खेरजान् दिने छैन दाई त्यसको बदला जसरी पनि लिनेछु । देशको लागि ब’लिदान दिस्यो दाई यति कलिलै उमेरमा आफ्नो जिबनको प्रबाह नगरी देश जनताको मुक्तिको लागि भएको ब’लिदानको उच्च कदर गर्दै तपाईंको अधुरो सपना लाई साकार पार्नेछु दाई ।

दाई हजुरलाई गुमाउनुको पि’डा हामीलाई मात्रै थाहा छ दाई
नत पार्टीलाई नत अन्य कुनै । किन कि हजुरको ठाँउमा अर्को ब्यक्ति बस्छ्न तर हाम्रो जिन्दगीमा चाहेर पनि हजुर आईसिन्न दाई । जसरी हामिसङ्ग खुशीरहने दाई लाई दैब तैले खोसेर लगिस त्यसरी नै मेरो दाईलाई सदै सुखी राखिदिनु ।

हामीले हजुरलाई नदेखे पनि हजुरले हामीलाई देखिसिन्छ होला माथीबाट भएपनी सधैं माया गरिराख्नु दाई । बिपनामा नभएपनि सपनामा आउनु है दाई…पूरा जिन्दगीमा संगै नभएपनि थोरै समयको लागी भएपनि धेरै माया गरिसियो यो खुशी दैबले देख्न सकेन दाई ।
अब यो जन्ममा म चाहेर पनि भेट्न् सक्दिन दाई अर्को जन्ममा हाम्रो भेट अबस्य हुने छ ……!
उहि हजुरकी प्यारी बैनी कलशा शाही ✍️

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर