पहिलेकाे राजनीति, अहिलेकाे राजनीति र भविश्यकाे राजनीति

– कृष्ण के.सी.

यतिबेला नेपाल राष्ट्र र नेपाली जनताकाे सर्वाेपरि हितका निम्ति खुला रूपमा साेच्ने हाे भने राजनीति स्थायित्व, समावेशी राष्ट्रिय नीति, जागरूक जनता, सवल राजनीतिक नेतृत्व, समृद्द नेपाल र समाजवादकाे बिकल्प छैन्

भनिन्छ, विश्वकाे स्वर्णिम भविश्य, राष्ट्रकाे सुनाैलाे दिन, जनताकाे सुखत क्षण दुरद्रष्टाहरूले मात्रै देख्न सक्छन् । यसैमा केन्द्रीत भएर खुला चिन्तन मनन गर्दा खै किन हाे कुन्नी मेराे दिमागमा अचानक तीनवटा राजनीतिक प्रश्न ठडिएका, तेस्रिएका छन् ।

पहिलाे प्रश्नः राजतन्त्रकालकाे २४० वर्षमा पृथ्वीनारायण शाह, प्रतापसिंह शाह, रणबहादुर शाह, गीर्वाणयुद्द विक्रम शाह, राजेन्द्र विक्रम शाह, पृथ्वी वीरविक्रम शाह, त्रिभुवन वीरविक्रम शाह, महेन्द्र वीरविक्रम शाह, वीरेन्द्र वीरविक्रम शाह, ज्ञानेन्द्र वीरविक्रम शाह गरी १२ जना राजा सिंहासनमा चढे पनि पृथ्वी नारायण शाह र महेन्द्र वीरविक्रम शाह बाहेक अन्य कुनै पनि राजाले पूर्णकाल राजगद्दीमा बसेर राज गर्न किन पाएनन् ?

दाेश्राे प्रश्नः राणाकालकाे १०४ वर्षमा जंगबहादुर राणा, वीर शम्शेर रणा, देव शम्शेर राणा, चन्द्र शम्शेर राणा, भीम शम्शेर राणा, जुद्द शम्शेर राणा, पदम शम्शेर राणा, माेहन शम्शेर राणा गरी ८ जना राणा प्रधानमन्त्री बने तर जंगबहादुर राणा र चन्द्र शम्शेर राणा बाहेक अन्य कुनै पनि राणाले याे देशकाे शक्तिशाली प्रधानमन्त्री बनेर किन जीवनभरि शासन गर्न सकेनन् ?

तेश्राे प्रश्नः २००७ सालपछिकाे ७० वर्ष र त्यसभित्रकाे ३० वर्ष (निरङकुश पञ्चायतकाल) मा जनादेश पालना गरेर संसदबाट निर्वाचित प्रधानमन्त्री विपी काेइराला, कृष्णप्रसाद भट्टराइ, गिरिजाप्रसाद काेइराला, मनमाेहन अधिकारी, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराइ, केपी शर्मा अाेली र राजाबाट चयन गरिएका प्रधानमन्त्रीहरू मातृकाप्रसाद काेइराला, टङ्कप्रसाद अार्चाय, के अाइ सिंह, सुवर्ण सम्शेर, तुल्सी गिरी, सूर्यबहादुर थापा, किर्तिनीधि विष्ट, नगेन्द्र रिजाल, लाेकेन्द्रबहादुर चन्द, मरिचमान सिंह मध्ये किन कुनै पनि प्रधानमन्त्रीले सिंहदरवारभित्र ५ वर्ष जमेर राज्य सञ्चालन गर्न सकेनन् ?

Capture

यिनै राजनीतिक प्रश्नमा केन्द्रीत भएर खुला चिन्तन, मनन, साेधखाेज, अध्ययन, अनुसन्धान, विश्लेषणा, सस्लेषण गर्ने हाे भने नेपालकाे इतिहासमा लुकेका, लुकाइएका, दब्बिएका, दबाइएका, मुर्छा परेका, हत्या गरिएका, बेपत्ता बनाइएका नाङगा सत्यहरू अदम्य सहास बिना पर्दाफास गर्न असम्भव छ भन्ने कठाेर निश्कर्षमा पुग्न कुनै सत्ता र शक्तिले निषेध गर्न सक्दैन् । देशलाइ मन्दिर, जनतालाइ देवता मानेर नडराइकन इतिहासकाे पर्दा खाेल्ने हाे भने पूर्वराजा, रानी, राजकुमार र अन्य राजपरिवारहरूकाे राजदरबारभित्रै हत्या गरिएका अदृष्य पर्वहरू, पूर्व प्रधानमन्त्रीहरू राजदरवारबाटै अपदस्ता भएका, राजनेताहरू राजदरवारबाटै देश निकालामा परेका, प्रजातन्त्रवादीहरू महाराजाबाटै कारावासमा थुनिएका, गणतन्त्रवादीहरू नारायणहिटीबाटै मारिएका, कम्युनिष्ट र कांग्रेसहरू देशबाटै लखेटिएका असंख्य घटना, परिघटनाहरू सबै प्रतक्ष देख्न पाइन्छ ।

हाे, पछिल्लाे राजनीतिक इतिहासमा लेखित, अलिखित जीवन्त सत्य ताजै छ, २००७ साल, २०२७ साल, २०३६ साल, २०४२ साल, २०४६ साल, २०५२ देखि २०६३ सालसम्मका राजनीतिक घटना, परिघटना निहाल्ने हाे भने जनातालाइ दमन गर्ने, प्रजातन्त्रवादीहरूलाइ थुन्ने, सच्चा राष्ट्रवादीहरूलाइ देश निकाला गर्ने, गणतन्त्रवादीहरूकाे हत्या गर्ने, कम्युनिष्टहरूकाे टाउकाकाे मुल्य ताेक्ने देशद्राेही चरित्रका प्रतिक्रियावादी प्रतिगामी सत्ताधारीहरूलाइ दण्डित नगरेका कारण देशभक्तहरू, प्रजातन्त्रवादीहरू, लाेकतन्त्रवादीहरू, गणतन्त्रवादीहरू, जनवादीहरू, समाजवादीहरू पटकपटक पछुताउनु परेकाे छ । संघीय लाेकतान्त्रिक गणतन्त्र संस्थागत गरेकाे १२ वर्ष नपुग्दै रद्दिकाे टाेकरीमा मिल्काइएका प्रतिगामी, पश्चगामी कुतत्वहरू लेकमा असार साउनमा लाग्ने जुकाझैं फेरि यत्रतत्र सलबलाउन, गणतन्त्रवादीहरूकाे शरीरमा छिरेर रगत चुस्न थालेकाे देख्दा सारा नेपाली झस्किएका छन् । प्रजातन्त्र, लाेकतन्त्र, गणतन्त्रका लागि लडेका नेताहरूले इतिहास, वर्तमान र भविश्यकाे बारेमा दुरदृष्टि नराख्दा देश र जनताले पटकपट बेहाेर्नु परेकाे वर्वरताकाे पराकाष्ट फेरि नदाेहाेरियाेस भन्ने कुरामा नेपाली जनता पूर्ण रूपमा सजक छन् ।

खबरदार प्रतिगामी, पश्चगामी कुतत्व अब गणतन्त्र युग पछाडी फर्किदैन्, ०१७ सालकाे प्रतिक्रान्ति, ०५९ सालकाे प्रतिगमन अब फेरि दाेहाेरिदैन्, चितामा जलेकाे राजतन्त्र अब कहिल्यै पुर्नजिवित हुन्न, परिवर्तनकाे प्रवाह राेकिदैन्, समृद्दिकाे यात्रा निन्तर अघि बढछ, क्रान्ति जारी छ…..

हाे, अहिले हामी साेह्रसय वर्षकाे सामन्ती निरङकुशतन्त्रकाे युगबाट संघीय लाेकतान्त्रिक गणतन्त्रकाे युगमा प्रवेश गरेका छाैं । यथार्थमा संघीयता भनेकाे बुझ्नेका लागि चन्दन हाे भने नबुझ्नेका लागि खूर्पाकाे बींड नै हाे भन्दा अतिसयाेक्ति नहाेला । वास्तवमा संघीयता भनेकाे नागरिक सत्ताकाे सर्वाेच्चता नै हाे, संघीय लाेकतान्त्रिक गणतन्त्रले कसैलाइ शुद्द नेपाली र कसैलाइर् असुद्द नेपाली बनाउने महेन्द्रीय खाेक्राे राष्ट्रवादकाे अन्त्य गरिदिएकाे छ र अहिले नेपालकाे केन्द्रमुखी शासन प्रणाली र विकास प्रकृया संघात्मक राज्य प्रणालीमा अघि बढेकाे छ, नेपाल राष्ट्र सम्पूर्ण नेपालीहरूकाे साझा फूलवारी बनेकाे छ ।

13327576 108248569598537 3226395076015221516 n

 

Kantipath Media

यो छुट्टाउनु भो कि..