annapurna add

prixa 1593601097 Lilamani Pokhrel 6mRygMqQxh

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले एमसीसीबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रस्तावमाथि ‘नोट अफ् डिसेन्ट’ राखेका छन् । शुक्रबारको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले एमसीसी परियोजना देश हितमा संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने प्रस्ताव गरेका थिए ।

एमसीसी आईपीएस (इन्डो प्यासिफिक स्ट्राट्रेजी)को अंग भएको बताउँदै आएका पोखरेल बैठकमा पनि त्यही कुरामा उभिएका थिए । मूल सम्झौता संशोधन हुँदैन भनेर अमेरिकी पक्षले भनिसक्यो । मूल सम्झौतामै संशोधन हुँदैन भने कसरी हित अनुकूल संशोधन हुन्छ त ?,” पोखरेलले बैठकमा प्रश्न उठाएका थिए ।

संविधानभन्दा माथि रहने सम्झौताका कुराहरू छन् । प्रारम्भमा प्रोटोकल नमिली सम्झौता भएको छ । उताबाट सामान्य कर्मचारी, हाम्रोमा मन्त्रीले हस्ताक्षर गरेर सम्झौता भएको छ । त्यो अनुदान सहायतासम्बन्धी समझदारी हो । त्यसलाई अन्तर्राष्ट्रिय कानुन अनुसार सन्धिको मान्यता दिएको छ । त्यो परिमार्जन गरेर देश हित अनुकूल बन्ने कुरामा सन्देह छ भन्दै उनले आफ्नो ‘नोट अफ् डिसेन्ट’ भयेको बताएका थिए । एमसीसी नेपालको संसदले पारित गर्नु पर्ने भएपनि भएको छैन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि एमसीसी पारित गर्नु पर्ने पक्षमा छन् ।

प्रकासित मिति

 
 
Loading...