annapurna add

Mukti Gaireमुक्ति गैरे । नेपालमा मुख्यतया जहाँनिया राणा शासनको अन्त्य लागि सामन्तवादको उन्मुक्तिका लागि प्रगतिशील योद्दाहरुलाई प्रजातन्त्रको मुकुण्डो दिल्लीधारिले तुरुफ फालेर राजा र प्रजातन्त्रधारिहरुले दिल्लीबाट प्रजातन्त्र ल्याएका हुन् ।

अन्ततः राजा त्रिभुवनले दिल्लीमा विश्राम लिन पुगे भने प्रगतिशील क्रान्तिकारीहरु सामन्तवादको नयाँ रुपको चेपेटामा परे जसले गर्दा कतिपयले आत्मसर्पण गरे जस्तै कम्युनिस्ट नेता भनउदो डाक्टर केसरजंग रायमाझी पाल्पा जस्ताले भने कतिपय महान योद्दाहरुले प्रगतिशील क्रान्तिकारी पार्टीको नाममा विद्रोह गरिरहे,कतिपय महान योद्दाहरुले विद्रोह मार्फतै जिवनको आहुति सहित जेलनेल भोग्न बाध्य भए ।

२००७ सालले प्रजातन्त्र ल्याए पनि राष्ट्रिय स्वाधीनतालाई बचाउन सकेन् भने यता प्रगतिशील आन्दोलनका नाईके हुँ भन्नेहरुले २०२८ सालको विद्रोहको घोषणाले पनि नेपाली सामन्तवाद नयाँ रुप पन्चायत संग आत्मसर्पण गर्न पुग्यो ।

नत यसले राजा सामन्तवादलाई अन्त्य गर्यो नत यसले पन्चायतलाई अन्त्य गर्यो नत यसले यसले राष्ट्रिय स्वाधीनताको रक्षा गर्यो । तर प्रगतिशील,देशभक्त,स्वाभिमानी,क्रान्तिकारीहरुको आवाज बन्द भएन् केहीले आत्मसर्पण गरेर गए पनि ।

तिनै २००७ साल,२०२८ साल र २०३६ सालका आत्मसर्पणकारि क्रान्तिकारीहरुले राजा अभिभावक रहने गरी प्रजातन्त्रको नौलो आयाम जनताको वहुदलिय जनवाद अलापेर राजा सहितको प्रजातन्त्र पुर्नरबहालि गरे २०४६ सालमा ।

अन्ततः राजा सहितको प्रजातन्त्र जनताको बहुदलीय जनवादले २०५१ को आम निर्वाचनलाई राजा सहितको सत्ता प्राप्त गर्न सफल भए यो जनताको बहुदलीय जनवादले नत राजालाई भाल्ने आँट गर्यो नत विगत बिट्रिस देखि त्यतिबेला सम्म बेच्दै,मिच्दै,हेप्दै आएको राष्ट्रियताको रक्षा गर्यो । बरु झन् राष्ट्रियताका पहरेदार जनताहरु माथि बर्बर दमनको बाटो अपनाए ।

जसका कारणले आम नेपाली जनताको शंखघोस् मा प्रगतिशील,क्रान्तिकारी,राष्ट्र प्रेमि,देशभक्त,स्वाभिमानी जनताको पहलमा ऐतिहासिक माओवादी जनयुद्धको उदघोस भयो ।

जसले संकल्प गर्यो कि १० सधैंका लागि सामन्तवादको अन्त्य गर्ने,२० राष्ट्रिय मुक्ति आन्दोलन मार्फत स्वाधीनतालाई पुर्ण रुपमा प्राप्त गर्ने,३० जनताको जनगणतन्त्र स्थापना गर्दै जनवादी सत्ताको अभ्यास गर्दै जनवादी क्रान्ति सम्पन्न गरि समाजवाद हुदै साम्यवादमा लक्किने ।

यहीँ बाटोलाई भनियो नयाँ जनवादी क्रान्ति फलतः यसले पनि १० नम्बरको काम सामन्तवादको अन्त्यको नजिकै पुग्न लाग्दा २०५६ सालमा आत्मसर्पणले घर बसाल्यो जसले गर्दा भारतमा राष्ट्रिय भेला गरि एक्काईसौं शताब्दीको जनवाद भन्दै संघिय लोकतान्त्रातिक गणतन्त्र मार्फत राजाको अन्त्य सल्लाह मै गरेर उहीँ राजाले स्थापना गरिदिएको संसद पुर्नरवहालि २०६३ बैशाख ११ गते राति राजा ज्ञानेन्द्रले पुर्नस्थापना गरिदिए ।

जसमा माओवादी सहित सात दल उही दिल्ली र राजाले २००७ सालमा स्थापना गरिदिएको प्रजातन्त्रको विकसित रुप संसदीय व्यवस्थामा पुगे जसलाई राजाले पनि स्विकार्ने गर्थे ।

जसले गर्दा सामन्तवादको अन्त्य भए पनि २०५१ सालमा ऐतिहासिक उदघोस गरिएको राष्ट्रिय मुक्ति आन्दोलन मार्फत पुर्ण स्वाधीनता,जनताको जन गणतन्त्र स्थापना गर्दै जनवादी सत्ताको अभ्यास गर्दै नयाँ जनवादी क्रान्ति मार्फत समाजवादको स्थापना मार्फत साम्यवाद पुग्ने लक्ष्यबाट मुल नेतृत्वले बाटो छोड्न पुगे जसले गर्दा अधुरै रह्यो ।

यसको मुल नेतृत्व पनि २००७ सालको प्रजातन्त्र,२०२८ सालको अतिवादी भड्काव,पन्चायत,२०४६ को प्रजातन्त्रको पुर्नरवहालि र २०६२र६३ को खिचडी आन्दोलन मार्फत जनताको बहुदलीय जनवाद,एक्काईसौं शताब्दीको जनवाद र नयाँ जनवादी क्रान्तिलाई समेत विसर्जन गर्न पुगे ।

जसले गर्दा दिल्ली सामु पुनः आत्मसर्पण गर्न पुगि दिल्ली र प्रजातन्त्रधारिहरु युरोपियन युनियन,अमेरिका,रुस,चिन मार्फत राष्ट्र संघको नेतृत्व र निगरानीमा नेपालमा पुँजीवादि प्रजातन्त्रको संसदीय निर्वाचन प्रणाली मार्फत नक्कली गणतन्त्रको स्थापना गरि राष्ट्रिय स्वाधीनतालाई कब्जा गरियो भने नयाँ जनवादी क्रान्तिमार्फत समाजवादी क्रान्तिको बाटोलाई विस्थापित गर्न पुगे ।

जसले नेपाल अझै पनि पुर्ण स्वतन्त्रता सहित राष्ट्रिय स्वाधीनता प्राप्त गर्न सकेको छैन् ।

जसले गर्दा यहाँ जनतन्त्र,जनजिविका पुर्ण रुपमा प्राप्त भएको छैन् । त्यसैले दिनदहाडै हत्या,बलात्कार,लुट,डाँका,अभाव,भोकमरी,भ्रष्टाचार,विवेकहिन जस्ता समस्याले प्रताडित बनाएको छ जसले गर्दा आम नागरिकमा निरासा,कुण्डा,आक्रोस पैदा भएको छ वर्तमान सत्ता बहुमत देखिए पनि ।

नक्कली मुकुण्डो भिरेर जनतामा भ्रम छरेर बाँच्ने प्रजातान्त्रिक संसदीय व्यवस्थाको सत्ता दलाल पुँजीवादको मुल चरित्र र उदेश्य हो । यहीँ बाटोलाई वर्तमान नेपाली मुल नेतृत्वले आत्मसर्पण गरि यहीँ बाटोमा रमाउन पुगे ।

फलतः फेरि नेपाली जनताको अबको सत्ता मुल रुपमा केको बन्ने र बनाउने भन्ने बिषयमा नयाँ बहस शुरुआत भएको छ ।

एकातर्फ क्रान्तिकारी,प्रगतिशील,राष्ट्र प्रेमि,देशभक्तको नेतृत्वमा जनताको विचबाट माओवादी जनयुद्धका शुत्रधार युवा कमरेडहरु मध्यका नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियताको रक्षा बिना कुनै पनि सत्ताको सफलता प्राप्त हुन नसक्ने भन्दै त्यसको रक्षाको अहिले प्रमुख कार्यक्रम राष्ट्रिय मुक्ति आन्दोलन सम्पन्न गरेसि मात्रै बल्ल जनताको जनसत्ता मार्फत समाजवादी व्यवस्थाको स्थापना गर्न सकिने भन्दै राष्ट्र घाति कदमका विरुद्धमा उठेको देखिन्छ भने अर्को तर्फबाट यतिबेला आत्मसर्पण गरेर ल्याएको सत्तालाई बचाउन कस्तो कार्यदिशा बनाएर आफ्नो सत्ता संकट समाधान गर्ने भन्ने बहसमा नेपाली आत्मसर्पणकारि मुल नेतृत्वमा उठेको छ जसले गर्दा युनिभर्सिटीका नवयुवाहरुलाई सोच्न बाध्य बनाएको छ ।

अझै वर्तमान असफल सत्ताको व्यवहार र अन्तर्राष्ट्रिय रुपमा कोरोना कहरले पुँजीवादी व्यवस्थामा ल्याएको संकटले गर्दा विश्वका दुई शक्तिशाली राष्ट्र चिन र अमेरिकाको शीत युद्धले झनै वर्तमान विश्व व्यवस्था मै खैलाबैला ल्याएको छ ।

जसले गर्दा सत्ता माथिको संकट,प्रश्न र विकल्प समाधानको बहस शुरुआत भएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...