पत्रकार महासंघकाे चुनाव : ‘जता काफल पाक्यो, उतै चरी नाच्यो’ !

samjhanadidi

“पत्रकारिता बर्वाद गर्ने झुण्डको मतियार नबनौःसक्षम नेतृत्व चुन्न अर्थपुर्ण विवेकको प्रयोग गरौँ”

samjhanadidiनेपालका पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासंघकाे चुनाव यही २५ गते हुँदैछ । चुनाव नजिकिएसँगै देशभर चहलपहल बढेको छ ।

त्यसो त सधै अरुको सूचना र समाचार दिने पत्रकार यतिबेला आफ्नो समाचार र सूचना दिनमै केन्द्रित छन् । हुन पनि किन नहोस् पत्रकारको त चुनाव ! अरुको भन्दा बढी सुचना र समाचार त आउने नै भयो ।

पत्रकारहरुले अब विवेकको प्रयोग गर्नुपर्ने समय आएको छ । श्रमजीवीको पेशागत सुरक्षाको लागि संघर्षमा होमिएका श्रमजिवी पत्रकार एवं मजदुरको हकहित र आत्मसम्मानका लागि सशक्त रुपमा लागिरहने नेतृत्व अबको पुस्ताले चुन्न सक्नुपर्छ । श्रमजिवीका मुद्धामा निरन्तर लाग्ने, जस्तोसुकै कठिनाई र संकटलाई कुनै प्रवाह नगरी प्रतिबद्ध रहने नेतृत्व नै आजको आवश्यकता हो ।

अझैपनि मिडिया हाउसहरुमा व्यवस्थापनले विभिन्न बाहानामा पत्रकार र मजदुरलाई निकाल्ने गरेको छ । कोरोनाको समयमा त झन यसले भयावहरुप लिएको हामि सबैलाई थाहा नै छ । त्यसो त ठुला मिडियाहाउसका रूपमा कहलिने गरेका कतिपय मिडियाबाट दर्जनौ भन्दा बढि पत्रकारले सामूहिक राजिनामा दिने गरेको हाम्रो आखाँ अगाडिका उदाहरण हुन् । भित्रिभित्र हाम्रा आखाँले देख्न नसकेका र कानले सुन्न नपाएका विषयहरु कति होलान जुन आफैँमा सोचनिय पाटो हो ।

सधै अरुलाई अन्याय र अत्याचारलको विरुद्ध उत्रनु पर्छ भन्ने पत्रकारहरू आफै अन्यायमा पर्नुको कारण विविध होलान् तर यस्ता कारणहरू पहिलयाएर चिरफार गर्नु पत्रकारको दाइत्व हो । तसर्थ आसन्न यहि २५ गते हुने निवार्चनमा हामिले कस्तालाई भोट दिन्छौ ? कस्ता ब्यक्तिलाई चुन्छौ ? त्यसले समग्र पत्रकारिता क्षेत्रको प्रतिनिधित्व गर्नेछ ।

पत्रकार सडकमा भोकभोकै दिनरात दौडनु पर्ने साहुँ जी भन्नेहरू चिल्ला गाडिमा सयर हुने परिपार्टीको अन्यको लागि, हाम्रो हकहित र सुरक्षाको लागि, हाम्रो पसिनाको मुल्यको लागि, हाम्रो कलमको सहि सदुपयोगको लागि, हाम्रो आवाज सत्यको लागि बुलन्द पार्नको लागि हामिले अब विवेकको प्रयोग गर्नुपर्छ । जबजब पत्रकारलाई अन्याय र अत्याचार हुन्छ तबतब कुन नेतृत्व मैदानमा होमिने गरेको त्यो हामिले देख्दै आएका छौँ । त्यसो हो भने असल नेतृत्व किन नचुन्ने ?

पत्रकारको सेतो खोलको जलप लगायर भित्रभित्र कालोधन्दा गर्नेहरुको बिगविगि छ । यहाँ प्रेस पासवाला, एनजिओवाला, आइएनजिओवाला,ब्यापारीवाला, कर्मचारीवाला, गुन्डागर्दिवाला पनि पत्रकार छन् । महासङघ्ले गैर पत्रकारलाई पत्रकार बनायो भन्नेहरूले छातिमा हात राखेर सोचौँ त हामिले सहि नेतृत्व बनाउन कत्तिको भूमिका निर्वाह ग¥यौ भनेर । त्यसैले आफ्नो मत जाहेर गर्ने अवस्थामा आफ्नो विवेकको उचित प्रयोग गर्न हामी सक्षम हुनु पर्दछ ।

राजनीतिक अभिष्ट प्राप्तिका लागि पत्रकारिताका मुल्य मान्यताहरु हराउँदै गएका छन् । स्वतन्त्र पत्रकारिताको अभाव हुँदै गएको महसुस भएको छ । नेपालको समग्र नीतिमै हस्तक्षेप गर्ने स्वतन्त्र नेपालको प्रेसमा पनि हावी भएको प्रशस्त उदाहरणहरु भेटिन्छन । संगठित हुन पाउने पत्रकारको पनि अधिकार हो ।

दलिय पत्रकारहरुबाट निश्पक्ष समाचार सम्प्रेषण हुन्छ भन्नु बालुवाको घर बन्छ वा तातो पानीले डढेलो लाग्छ भन्नु जस्तै हो । तर सबै पत्रकारहरु दलको झुण्ड पक्कै पनि होइनन् । दलगत, दलभित्रको पनि गुटगत वा व्यक्तिको ढोँगीकारिता गर्ने पत्रकारहरुको भिडमा सुसुप्त देखिछन् । खासमा पत्रकारिताको ज्ञान नभएको अवस्थामा उ पत्रकार हुन नपाउने हो तर यहाँ त पार्टीको झण्डा बोकेर हिँडेमात्र पनि पत्रकार भइहाल्ने परिपाटी छ । जसले स्वतन्त्र पत्रकार र देश र समाजको लागि केहि गर्न चाहने पत्रकारहरुलाई थिचोल्दै गएको छ । अव हामी प्रस्ट हौ कि हाम्रा मत के का लागी ? कस्ताका लागी र किन ?

FNJ Nepalआशा गरौँ अबको नयाँ पुस्ताले दलको झण्डा बोकेर पत्रकारिता गर्नेहरूलाई होइन् हाम्रो हकहितलाई ध्यानमा दिने नृतृत्व चुन्नेछ । मत हाल्दै गर्दा आफ्नो मत प्राप्त गर्ने ब्यक्तीको मुल्याङ्कन गर्न जरुरी छ । सक्षम, असल र इमान्दार उम्मेदवारलाई चुन्न सकेमात्र महासङ्घको मुहार फेर्न सकिन्छ । यसर्थ पार्टिको झण्डा हेरेर मत हाल्ने संस्कार जवसम्म हामिले त्याग्न सक्दैनौ हामी पनि पत्रकारिता पेशालाई बर्वाद गर्ने झुण्डको मतियार हुनेछौ ।

नेता होईन निती हेरेर भोट गरौ । पत्रकार भनेको एउटा पद हो । त्यो पदमा आउने महिला÷पुरुष, जातभात र लिङ्गको आधारमा नभएर सक्षम ब्यक्ति हुनुपर्छ । पहिचान भनेको पदले झल्काउने कुरा हो । तसर्थ विवेकपूर्ण निर्णय गरौ । पद्धती, पादर्शिता, इमान्दारिता र उत्कृष्टता अबको नेतृत्वको आवश्यकता हो । देश संमृद्ध र नागरिक सचेत भएका देशमा राजनीतिको रङ लगाउनु पर्दैन । आफ्नो अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गरौँ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..