annapurna add

काठमाडौं । मानिस आ–आफ्नै उन्नती र प्रगतिमा लम्किरहेका समयमा कारोना भाइरसको गहिरो पीडाले आज विश्वनै आतंक छ । एउटा सानो भाइरसले सामाजिक, आर्थिक, राजनीति, शैक्षिक, धार्मिक लगायत सबै क्षेत्रलाई ठप्प पारेर मान्छेहरु घरमै थुनिन बाध्य गरायो ।

pujajeeयो अवस्थामा अर्थतन्त्र तहसनहस हुने मात्र होइन, मानिस रोगले भन्दा बढी रोगको डर र सन्त्रासले ग्रस्त छन् । मान्छेमा मानसिक, शारीरिक रोगले ग्रस्त हुने र उपचार नपाएर ज्यान गुमाउने अवस्था उत्पन्न भएको छ भने अर्कोतिर भोकमरीको वाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।

विकल्पको खोजी कसरी गर्ने ? यातायात बन्द, ब्यापार ब्यवसाय बन्द, उद्योगधन्दा बन्द, विश्वविद्यालय बन्द, कलकारखाना, होटलबार, रेष्टुरेन्ट बन्द छन । केवल खाद्यान्न र फलफूल–तरकारी र औषधि मात्र खुला गरेर पुग्छ ? कोरोना संक्रमणका कारण हाम्रा आगामी दिनहरु झन् चुनौैतीपूर्ण हुने कुरामा कुनै शंका छैन । यस्तो अवस्थामा मानिसले कुन बाटो रोज्ने ? जसको वर्तमान नै सहज छैन भने भविष्य कसरी कोरिएला ?

लोकतान्त्रिक गणतन्त्रको खोल ओडेको पूँजीवादि व्यवस्थाले आजको युगमा चरम विभेद ल्याएको छ । हुने खानेले हुदाँ खानेलाई थिचोमिचो गर्छ । नातावाद र कृपावादमा सरकार पुर्ण रूपमा लिप्त भैसकेको छ । कानुन कार्यान्वयन गर्ने सरकार फितलो छ । कानुन पनि कमजोर छन् र त समाजको मनोविज्ञान कमजोर छ ।

यस्तो अवस्थामा सत्तारुढ दललाई मन्त्रीमण्डल पुनर्गठन गर्ने, सरुवाबढुवा , राजदूतहरु नियुक्ति गर्ने, पद र प्रतिष्ठाको लडाई गरिरहदा जनतामा निराशा छाएको छ । कृषियोग्य भूमि बाँझो बनिरहेको बेला ऊर्जावान् यूवाहरु वैदेशिक रोजगारीमा न्यून श्रममूल्यमा काम गर्न जान बाध्य छन ।

देशविकासको लागि चाहिने मानवस्रोत सरकारले उनीहरुलाई बाँझो जमिनमा कृषिकार्य गर्न र कृषि उत्पादनलाई बजार व्यवस्थापन गर्न सक्ने हो भने यो एउटा सुनौलो अवसर हुन सक्छ । कृषिकर्मलाई सुदृढ पार्दै राज्यले कृषि प्रणालीलाई उत्प्रेरित गर्ने खालको वातावरण सिर्जना गर्न विशेष ढङ्गले नीति बनाउनु आवश्यक छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस महामारी हो, तर यसको रोकथामको कुनै वैकल्पिक बाटो नै नभएको भने होइन । पूर्व सतर्कता र सावधानी अपनाए यसलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा छिमेकी मुलुक चीन नै उदाहरण छ । चीनले कोरोनाको वुहान शहरलाई कोरानाको थप संक्रमण हुनबाट जोगाएर कोरोनामुक्त शहर बनाउन लागि परिरहेको छ ।

चीनबाट सिक्दै अब कोरोनाको सतर्कता अपनाऊँ, तर सन्त्रासको मनोविज्ञान बोकेर आफू पनि आतंकित हुने र समाजलाई पनि आतंकित बनाउने काम नगर । समाजमा कोरोना भाइरसजस्तो घातक विषयलाई व्यंग्यात्मक र त्रासको विषय बनाउनेको जमात निकै ठूलो छ ।

अर्थहीन कुरालाई अनावश्यक अफवाह रूपमा नेपाली सामाजिक सञ्जालकर्ताहरुले द्रूत गतिमा प्रचार गरेको देखिन्छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णय कतिपय राम्रा होलान् तर कतिपय क्षेत्रमा अझैसरकारको ध्यान पुगेको छैन । यो विषम परिस्थितिमा राज्य र यसका निकायहरु चलायमान गराइ आवश्यक मेकानिज्म को खोजी गरि निरन्तरता दिनुपर्ने देखिन्छ ।

हाम्रो अहिलेको आवश्यकतालाई सङ्कटको बेलामा केही मात्र भए पनि सम्बोधन गर्न सकिन्छ । त्यसैले हामीले फरक र व्यापक दृष्टिकोण अँगालेर अघि बढ्नु वाञ्छनीय छ । यो कोरोना काल जतिसुकै कष्टकर भएपनि सामाजिक दुरी कायम गर्दै, जनतालाई आवश्यक सचेतना अभिवृद्धि गरौ।

कोरोना सँग जीवन विताउन सिकौ , कोरोना हिड्ने बाटो भत्काइ हामी हिड्ने बाटो बनाऔ , सामान्य रोग हो, मलाई कोरोना भाइरसले आक्रमण गरेमा यसको म प्रतिरोध गर्न सक्छु भन्ने आत्मबल विकास हुनु आवश्यक छ । आउनुहोस कोरोना संग संगै हिडौ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...