यहाँ यस्तै छ हजुर !

नेतालाई बाहेक सबैलाई नैतिकता थाहा छ,
जनतालाई बाहेक सबैलाई राष्ट्रियता थाहा छ,
मास्टरलाई बाहेक सबैलाई पढाउन आउँछ,
विद्यार्थीलाई बाहेक सबैलाई पढ्न आउँछ,
डाक्टरलाई बाहेक सबैलाई उपचार र औसधि थाहा छ,
राजनितीज्ञलाई बाहेक सबैलाई राजनीति थाहा छ,
कलाकारलाई बाहेक सबैलाई कलाकारिता आउँछ,
इन्जिनियरलाई बाहेक सबैलाई निर्माण आउँछ,
बैज्ञानिकलाई बाहेक सबैलाई बिज्ञान आउँछ,
पत्रकारलाई बाहेक सबैलाई पत्रकारिता आउँछ,
वकिल र न्यायाधीशलाई बाहेक सबैलाई न्याय थाहा छ,
ब्यापारिलाई बाहेक सबैलाई ब्यापार थाहा छ,
श्रमिकलाई बाहेक सबैलाई श्रम थाहा छ,
ब्यबस्थापकलाई बाहेक सबैलाई ब्यबस्थापन थाहा छ,
कम्युनिस्टलाई बाहेक सबैलाई समाजवाद थाहा छ,
प्रजातान्त्रिकलाई बाहेक सबैलाई प्रजातन्त्र थाहा छ,
पण्डितलाई बाहेक सबैलाई पण्डित्याई थाहा छ,
अधिकारकर्मीलाई बाहेक सबैलाई अधिकार थाहा छ,
कार्यकर्तालाई बाहेक सबैलाई कर्तव्य थाहा छ,
खेलाडीलाई बाहेक सबैलाई खेल थाहा छ,
डकैतीलाई बाहेक सबैलाई जालझेल थाहा छ,
कर्मचारीलाई बाहेक सबैलाई सेवा/कर्म थाहा छ,
बा-आमा बाहेक सबैलाई माया थाहा छ,
सन्तान बाहेक सबैलाई बा-आमाको माया थाहा छ,
सुरक्षाकर्मिलाई बाहेक सबैलाई सुरक्षा थाहा छ,
बिश्लेशक बाहेक सबैलाई विश्लेषण आउँछ,
लेखकलाई बाहेक सबैलाई लेख्न आउँछ,
कानुनबिद्लाई बाहेक सबैलाई कानुन थाहा छ,
बिकासबिदलाई बाहेक सबैलाई बिकास थाहा छ,
लुटेरालाई बाहेक सबैलाई लुट्न आउँछ,
अपराधीलाई बाहेक सबैलाई अपराध आउँछ,
हो हजुर,
यहाँ जस्को जे काम हो त्यस्लाई त्यो काम बाहेक सब आउँछ ।
र जस्को जे काम हैन त्यसलाई त्यो काम बाहेक केही आउन्न।

– सरोज बीर बिक्रम गिरी

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..