कोरोनाबाट काठमाडौँलाई कसरी थप सुरक्षित बनाउने ? शारदा पन्थीका ७ सुझाब

53072460 2304766739742751 3793149007967027200 o

विस्वब्यापी रूपमा सन्त्रास फैलाएको कोरोना (कोभिड १९) ले नेपाल को समेत विभिन्न ठाउँमा आफ्नो फैलावट गर्दै गरेको अबस्थामा धेरै जनसंख्या रहेको काठमाडौ उपत्यका लाई थप सुरक्षित पार्न निम्न कुरामा ध्यान नदिइएमा स्थिति नियन्त्रण बाहिर जाने तर्फ सम्बन्धित निकायले ध्यान पुर्याउनु पर्ने देखिन्छ ।

१) उपत्यका भित्रने खाद्यान्न का गाडी समेत नाकामै रोकि सामान अर्को गाडीमा राखी उताबाट आएको गाडी लाई त्यही बाटै फर्काउने।

२) कुनै पनि पास लाई उपत्यका मा प्रवेश गर्ने सन्दर्भमा मान्यता नदिने।

३) एम्बुलेन्स मा आउने बिरामी को हकमा सुरक्षा कर्मिले स्कर्टिङ गरेर सम्बन्धित अस्पताल मा पुर्याएर उक्त एम्बुलेन्स स्कर्टिङ्ग साथ उपत्यका बाहिर फिर्ता पठाउने ब्याबस्था मिलाउने र बिरामी संगै आएका ब्यक्तिको समेत परिक्षण गर्ने।

४) सुचना बेगर अन्य बाटो प्रयोग गरि वा लुकिछिपी उपत्यका भित्रिएको मानिस कुनै तरिकाले पत्ता लागेमा कानुन बमोजिम कडा कारबाही को ब्याबस्था गर्ने।

५) उपत्यका मा रहेका सम्पुर्ण घरभेटी ले त्यसरी आफ्नो घर छाडेर बिचैमा आएकाको हकमा अनिबार्य रुपमा परिक्षण गर्न लगाउने र परिक्षण गर्न आनाकानी गरेमा सम्बन्धित निकायमा जानकारी दिई सहयोग गर्नु पर्ने,

६) उपत्यका मा कुनै पनि बाहिर बाट आएका गाडीलाई प्रवेश गर्न नदिने र अत्यावश्यक नै भए नाकामै परिक्षण गरि रिपोर्ट नेगेटिभ भए मात्र भित्रीन दिने।

७) उक्त कुरा कार्यान्वयन गराउन उपत्यका भित्रने प्रत्येक नाकामा प्रहरी , स्वास्थ्यकर्मिको साथसाथै अन्य सुरक्षा सम्यन्त्र समेत लाई संगै परिचालित गरि सुरक्षा ब्याबस्था कडा पार्ने।

(शारदा पन्थी महालेखा नियन्त्रक कार्यालयकी लेखा अधिकृत हुन् !)

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..