महरा पक्राउ परेपछी खुल्यो यस्ताे जनयुद्धकालमा यौन दुर्व्यवहारका कथा

khima rijal kantipathnewsयो जनयुद्धकालमा बिबाह गरेको २१ दिनमै श्रीमान गुमाएकी सहिद पत्नीको डायरी हो । उज्यालोको खोजीमा नामक पुस्तक ल्याएकी सहिद पत्नी खिमा रिजालको यो डायरी हालै घटेका केही घटनाहरुले अझ सान्दर्भिक बनेको छ । माओवादी नेताहरुमा देखा परेको वैचारिक विचलन जनयुद्धकालकै घटनाक्रमहरुलाई अध्ययन गर्नुपर्ने हुन्छ । माओवादी जनयुद्धका धेरै पाटाहरु छन् ।

यसका वैचारिक आयाम, सांस्कृतिक आयामहरु धेरै छन् । तर, माओवादी आन्दोलन यति छिट्टै कसरी नराम्रो विचलनमा पर्यो र त्यस्तो मृत्यु र जीवनको दोसाँधमा रहेर आन्दोलन गरेका नेताहरुमा कसरी यस्तो नराम्रो विचलन देखा पर्यो भन्ने अध्ययन गर्न खिमा रिजालको उज्यालोको खोजीमा जस्तै विभिन्न समयमा आएका संस्मरण, डायरी र अनुभूतिहरु अध्ययन गर्न जरुरी छ ।

त्यसमध्ये खिमा रिजालको डायरीको एक अंश यहाँ प्रस्तुत गरिएको छ । पुस्तकमा खिमा रिजाल लेख्नुहुन्छः काठमाडौंको पशुपति वृद्धाश्रममा बस्ने ७९ वर्षीय एक आमाले मेरो पाखुरी समातेर वेदना पोख्दै गर्दा मलाई लाग्यो मानौँ म निर्जीव थिएँ र मसँग मानविय गुण केही थिएन । उहाँले उहाँको कुरा सुनाइरहँदा मैले हजुरको कुरा सुनिरहेकी छु है भनेर सङ्केत गर्नुभन्दा मसँग अरू केही विकल्प थिएन ।

उहाँ संसारमा आफ्नो भन्ने कोही नभएकी अविवाहित एकल महिला हुनुहुन्थ्यो । बुबाआमा १९९० सालको भूकम्पमा परी मृत्यु हुँदा उहाँ दुई वर्षकी मात्र हुनुहुन्थ्यो रे । सन्तानको नाममा उहाँमात्र जन्मनुभएकी उहाँ अहिले वृद्धाश्रममा बस्नुभएको थियो । झट्ट हेर्दा उहाँको शारीरिक बनोट, लवाईखवाई आकर्षक नै देखिन्छ ।

सायद त्यसैले होला भुइँचालोपछि उहाँलाई चार जना पुरुष मित्रहरूले विवाहको प्रस्ताव राख्नुभयो रे । उहाँ आँसु खसाल्दै सोहवर्षे जवानीमा त मलाई कुनै पुरुषप्रति आकर्षण आएन, यो उमेरमा मलाई पुरुष नामधारी जन्तुहरूबाट किन यस्तो गति भोग्नु परेको होला भनेर चिन्ता व्यक्त गर्नुभयो । त्यति मात्र कहाँ हो र ! पुरुषहरू छोरी विधवाहरू त खोजीखोजी हिँड्छन् रे, किनकि विधवासँगको यौन सम्पर्क त निकै आनन्द हुन्छ रे भन्दै हुनुहन्थ्यो ।

उहाँले यति भन्दा मेरा आँखा रसाइसकेका थिए । यो भन्दा बढी ममा सुन्ने आँट नै नभएकाले मैले आमालाई केही नभनी बाटो तताएँ । आमा एक्लै गनगनाउँदै हुनुहुन्थ्यो । विधवाका निम्ति संरक्षण गर्ने कोही हुँदैनन् । उनीहरू आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सबै तह र तप्काबाट तिरस्कृत हुन्छन् । छोरी विधवा खोजीखोजी हिँड्छन् रे। मलाई यो वाक्यले निकै सतायो ।

हामी एक्काइसौं शताब्दीका सभ्य मान्छेहरू, कति वास्तविकताको नजिक छौं । यो सन्दर्भले म हप्तौँ निदाउन सकिनँ । महिलाहरूलाई कति धेरै हेपेर कुरा गरिन्छ । उफ् १ आफूलाई निकै भलाद्मी र सभ्य ठान्ने पुरुषमित्रबाट म पनि धेरैपटक सताइएकी र यातना पाएकी थिएँ । मैले २०६४ मा मेरो दसवर्षे राजनीतिक जीवनलाई बिट मार्ने सोच बनाएँ। त्यतिबेला ममा एक खाले राजनीतिक वितृष्णता जागेको थियो । केही सीमित राजनीतिज्ञसँग मात्र मेरो सम्पर्क थियो ।

चितवनका जगन्नाथ आचार्य क.विज्ञान विज्ञान विषयका शिक्षक पनि थिए । द्वन्द्वकालमा उनी आफ्नो पेसा परिवर्तन गरी यति जटिल माओवादी आन्दोलनमा होमिँदा मैले मात्र होइन प्रायः सबैले उनलाई निकै सम्मान गथ्यौँ । त्यतिबेला उनी क्षेत्रीय ब्युरो सदस्य तथा नवलपरासी जिल्लाको सहइन्चार्ज थिए ।

उनले मुखले केही भन्दैनथे तर व्यवहारमा मप्रति लालायित भएको मैले प्रस्ट थाहा पाउँथें । मैले सोही जिल्लाका अर्का सहइन्चार्ज मोती रिजाललाई यो कुरा सुनाएँ । उहाँले मुखले खुलेर नबोल्दासम्म के गर्ने, मान्छेमा नैतिकताको पतन भएपछि कसैको केही लाग्दैन । यो विषयमा म केही बोल्न चाहिनँ भन्नुभयो । मैले ममाथि अन्याय भएको छ भन्ने थाहा पाएर पनि मन्द विष पिइरहेकी थिएँ । म काठमाडौँ आएर आफ्ना दिनचर्या दुःखसुख गुजारिरहेकी थिएँ ।

उनी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयमा देवेन्द्र पौडेलका राजनीतिक सल्लाहकार भएका थिए । उनी त्यहाँ आएपछि पटकपटक मलाई सम्पर्क गर्थे । मैले कहिले फोन नउठाउने, कहिले स्विच अफ गरिदिने गर्थे । त्यतिबेला असिना बर्सेजसरी एसएमएस बर्सिन्थे । उनको जोड जहिले पनि मेरो कोठासम्म पुग्ने बन्थ्यो भने मैले म एकल महिला कोठामा कसैलाई लाने गरेकी छैन भनेर ठाडै अस्वीकार गर्दै आएँ । सञ्चारको यो प्रक्रिया २०७१ सालसम्म चलिरह्यो ।

उनले मेरो श्रीमान्को परिवारसँग अनावश्यक किन मुद्दा गरेकी भन्ने, कहिले विदेश जाऊ यस्तो देशमा के बस्छौ जस्ता अनौठा अनौठा कुराहरू भनिरहन्थे । मैले उनका हरेक कुरा अस्वीकार गरिदिन्थें । कहिल्यै उनलाई भेट्न सहमत नभएपछि अन्ततः उनले २०७१ सालमा मुख खोलेर निरन्तर सम्पर्कमा रहेको कारण बताए । उनी मसँग यौन तृष्णा मेटाउन चाहन्थे रे । सेक्स पार्टनर बन्न चाहन्थे रे ।

जुन कुरा उनकै मुखले सात वर्षको लामो समयपछि बताए । अनि मैले तपाईं एकनिष्ठ मार्क्सवादी विवाहपद्धतिमा विश्वास गर्ने मान्छे यत्रो आँट कसरी आयो रु भनेर प्रश्न गर्दा छोरामान्छेले पहल त गरिहाल्छ नि । महिला पो तर्कनुपर्छ भनेर उल्टो उपदेश दिए । लाज मान्नु कताकता अझ ठूलाठूला कुरा पो गर्न थाले । त्यसपछि मैले उनलाई हजुर त मेरो मामासँगै पढेको साथी पनि हो । हजुरको र मेरो न त उमेर मिल्छ न त भावना मिल्छ, बरु हजुरको छोरासँग बिहे गर्छ बुहारी बनाउने) आँट गर्नुस् । म भन्दा दुईचार वर्ष मात्र सानो त छ नि तपाईंको छोरा भन्ने जबाफ फर्काएर आजसम्म सम्पर्कविहीन बनें।

सहिद परिवारको कार्यक्रममा म २०६७ सालमा चितवन पुगेकी थिएँ । त्यहाँ एक जना खाइलाग्दा देखिने अधवैसे युवा भेटिए । चितवन कृष्णपुर घर बताउने उनको नाम श्याम सुवेदी थियो । उनी नेकपा ए (माओवादी) का जिल्ला सदस्य रहेछन् । मसँग मेरो जीवनसाथी शिवहरिको मिल्ने साथी हुँ भन्दै सम्पर्क गर्न आए । संसारकै प्यारो आफ्नो जीवनसाथी ९जो दुश्मनद्वारा टुक्राटुक्रा पारी मारिसकेको छ०को मिल्ने साथी भनेर परिचय गरेको मान्छेले मागिसकेपछि फोन नम्बर नदिने कुरा पनि भएन । फोन दिएँ । कार्यक्रमको समाप्तिपछि म काठमाडौँ हानिएँ । दुइचार दिनपछि फोनको घण्टी बज्न थाल्यो । सुरुसुरुमा त मैले पत्तै पाइनँ । मेरो शिवको साथी भनेर फोनमा बोलिदिन्थें । बिस्तारै उनको फोन बाक्लिन थालेपछि मैले हजुरको श्रीमतीसँग परिचय गराउनु न भनें ।

उनकै भनाइअनुसार मेरो शिव उनीभन्दा उनकी श्रीमतीसँग बढी नजिक थिए रे । त्यसैले भाउजलाई फोन दिनु भन्न थालें । त्यसपछि मैले सजिलै पत्तो पाएँ कि उनले श्रीमतीसँग लुकेर, झगडा गरेर मलाई फोन गर्ने गर्दारहेछन् । त्यसपछि मैले उनको फोन निकै कम उठाउँथे । यस्तैमा २०६८ तिर म चितवन गएको समयमा अचानक उनीसँग भेट भयो । उनले गत तल गिरेर ९मानौँ म एकदमै बिचरी हुँ दुनियाँमा मेरो को छ र उनी बाहेक रु० मेरा निजी कुराहरू सोध्न थाले ।

यतिसम्म कि शिवहरिसँग त के यौन सम्बन्ध भयो होला र रु तिम्रो इच्छा मैले त नपरा गर्ने जस्तो प्रश्न गर्न थालेपछि म बाध्य भएर शिवहरि र म हातमा दही जमाएर दिन गुजायौँ र अब तिमी चाहियो रु भन्ने तितो वचन बोल्नैपर्यो । बौद्धिकताका नामधारी पतितहरूलाई तितो वचन लगाउँदाको नमज्जा पनि कम पीडादायक थिएन ।

चितवन भरतपुरमा पुस्तक पसल गर्ने व्यवसायी गोविन्द आचार्य ए। ९माओवादी०का पुराना जिल्ला सदस्य हुन् । उनकोमा म लगायत अरू पनि साथीहरू बास लिन्थ्यौँ । औंलाले गन्ने हो भने उनको घरमा खाएको खाना त मैले हिसाब राख्न सक्दिन होला । विवाह गर्न जानु अघिल्लो रात म उनकोमा नै बास बसेकी थिएँ । विवाहपछि पनि शिवहरि र म केही दिन उनको घरमा बास बसेका छौं । कार्यक्षेत्रमा खटिँदा होस् वा बास बस्दा होस् उनले मप्रति निकै अभिभावकत्व पूरा गर्थे जस्तो लाग्थ्यो ।

शिवहरिको हत्यापछि उनी सङ्कटकालको त्यस्तो जटिलतामा पनि मलाई भेट्न र समवेदना दिन रूपन्देहीको कोटिहवामा पुगेर संवेदना प्रकट गरेर फर्किएका थिए । मेरो मामासँग पनि उनको राम्रो सम्बन्ध थियो । उनकी छोरी सुभेच्छा म भनेपछि भुतुक्कै हुन्थी । त्यस्तो एउटा पारिवारिक सम्बन्ध गाँसिएका मान्छे शिवहरिको हत्यापछि एकाएक बदलिए । कहिले कहाँ घुम्न जाऊँ भन्ने कहिले कहाँ जाउँ भन्न थाले ।

मलाई उनको व्यवहारले निकै पीडाको अनुभूति हुन्थ्यो । बनिराखेको सम्बन्ध बिगार्नु भन्दा उनीसँग नजिक पनि नहुने र पूरै पनि नकट्ने गरी तालमेल मिलाउँथें । उनी काठमाडौँ आएको बेला मेरो कोठामा आउन निकै प्रयत्न गर्थे । मैले म एक्लै बस्ने हुनाले मेरो कोठामा लैजान नमिल्ने बताउँथें । आफू निकै व्यस्त भएकाले और पनि नसक्ने बताउँथें । कहिल्यै उनले भनेको कुरा स्वीकार नभएपनि यस्तै २०७२ सालतिर उनले लामोलामो एस एम एस गर्न थाले । मैले कहिल्यै उत्तर फर्काउन्नथें ।

एक दिन उनले खुलेर नै लेखे कि, उनी मसँग यौन सम्पर्क गरी आनन्द मनाउँन चाहन्थे रे । मसँग अङ्कमाल गरी कैयौँ दिन गुजार्न चाहन्थे रे । पढेपछि म नाजवाफ भएँ । सुरुमा त के भन्ने भन्ने भएँ । आफ्नो मुटुभन्दा प्यारो साथी दुष्टहरूले मारेपश्चात् मैले आफ्नै पार्टी पङ्क्तिबाट यस्तो अपमान सहनुपर्छ भन्ने कहिल्यै सोचेकी थिइनँ ।

अति भएपछि मैले पनि सहज रूपमा उनलाई भन्नु नै पर्यो ( हजुरले देख्नु नै भएको छ । हाम्रो धार्मिक परम्पराअनुसार विवाहपछि महिलाहरू बिटुलो पर्छ भनिएको छ किनकि उसको यौनसम्बन्ध भइसकेको हुन्छ। तर यौनसम्बन्ध भएको पुरुष कहिल्यै बिटुलो पर्दैन । त्यसैले मैले शिवहरिसँग विवाह गरेको महिनाले दस पुगे पनि देशको परिस्थितिले गर्दा एक्काइस दिन बिताएकी छु । सायद म त बिटुलो परिसकेकी छु ।

तनावले पनि म धेरै गलिसकेकी छु र पतेराले चुसेजस्ती भएकी छु, बरु हजुरकी छोरी आजसम्म कसैसँग रात बिताएकी छैन उसैसँग सम्पर्क गरे हुन्छ नि । ऊ भर्खकी युवती कसैसँग बिटुलो पनि नपरेकी हुनाले साहै नै आनन्द हुन्छ होला । एकपटक पहल गर्नुस् न भनेपछि उनले तपाईंको चित्त दुखाएँ सरी भन्दै अहिलेसम्म मेरो सम्पर्कमा आएका छैनन् । उनलाई आफ्नी छोरीको विषयमा कुरा उठाउनासाथ चित्त दुख्दै गर्दा म पनि कसैको छोरी हुँ भन्ने कुराको सामान्य पनि चेत आएन वा आएर पनि बुझ पचाए ? माओवादी समर्थित पुनरावेदनका एक जना मुख्य न्यायाधीश ।

उनी उमेरले यस्तै साठीको हाराहारीमा पुगेका, नातिनातिनाका ले समेत भइसकेका व्यक्ति हुन् । उनको परिवारका सदस्यसँगको निकटताको कारण उनी पनि मसँग जोडिन पुगे । उनका छोराछोरी र श्रीमतीले मलाई परिवारको सदस्यभन्दा फरक गर्दैनन् । निकै माया र सम्मान गर्छन् । श्रीमतीको आँखा छलेर मसँग जिस्कन खोज्ने, खाजा खान बाहिर जाऊँ भन्ने, मलाई कतै जानु परे गाडी लैजाऊ भन्नेजस्ता उनले अस्वाभाविक क्रियाकलाप गर्थे । मैले कहिल्यै स्वीकार गरिनँ । कोठामा लैजाऊ भन्थे । यस्तोमा मेरो प्रायः सबैलाई भन्ने एउटै वाक्य थियो( म एक्लै छु लैजान मिल्दैन । कहिल्यै कोठामा लगिनँ । उनले मलाई तीन वर्षसम्म निरन्तर फोन गरिरहे । कहिलेकाहीँ कामले भेट्नै पर्ने हुँदा उही यौनका कुरा निकाल्ने गर्थे । कतिपटक त मैले बाध्य भएर मेरो केटा साथी छ, अब छिट्टै बिहे गर्छ पनि भन्ने गरेकी थिएँ ।

कहिलेकाहीँ राति अबेर पनि उनले फोन गर्थे तर मैले उठाउँदिनथें । २०७२ सालको एक दिन साँझ यस्तै सात बजेतिर फोन गरेर मसँग यौनको रमाइला कुरा गर्न चाहेको बताए । कीराफट्याङ्ग्राले त यौनसम्बन्ध कायम गरी आफ्नो आवश्यकता पूरा गर्छ भने तिमीले आफ्ना रहरहरूलाई किन कुण्ठित गर्यो । हामी कतै जाऊँ अनि रमाइलो गरौंला भन्दै थिए । मलाई यी सब सुन्ने आँट थिएन । मैले एक छिनपछि फोन गर्छ, अहिले व्यस्त छु भनेर फोन स्विच अफ गरें । आँखाबाट आँसुका धारा बगेका थिए । के गर्ने कसो गर्ने मैले मेसो नै पाइनँ ।

शिवहरिको मृत्यु एकपटक भयो त्यतिबेला निकै आँसु बगाएँ । आज त्योभन्दा सयौँ गुणा धेरै आँसु मैले बगाइरहेकी छु । उनको अभावमा मान्छेहरूको व्यवहारले म हजार पटक मरिरहेकी छु । म निकै गलिसकेकी छु । एकजना पुरुषमा अड्केको रहेड नारीको जिन्दगी भन्ने लाग्यो । आफँ देखेर दिक्दार लाग्यो । बाँकी पनि पलपल मरिरहेको तितो अनुभूति गर्न थालें । यस्तो अल्पायमा मरेर कुनै पुरुषले आफ्नी श्रीमतीलाई एक्लो छोड्नु नपरोस् भनी आँखा चिम्लिएँ । दराजमा थन्किएको मेरो प्यारो मान्छेको फोटो निकालेर अङ्कमाल गरें । पत्तै नपाई उनको फोटोमा आँसुका थोपाहरू तपतप चुहिए ।

मेरो मान्छेप्रतिको सम्मान मभित्र झन् धेरै बढ्न थाल्यो । जब विस्तारै सम्हालिएँ अनि अर्का न्यायाधीश उनका निकटतम मित्र अनन्तराज डुम्रेलाई फोन गरें । उनलाई हजुरका साथीलाई सम्झाउने भए सम्झनाउनु नत्र अति भयो मैले सहन सकिनँ । अब म कुनै तरिकाबाट प्रतिवादको बाटो रोज्छु भनेर जानकारी गराएँ । अनन्त दाइसँग एकाध पटक भेट भएको थियो । उनले महिलाहरूलाई सम्मान नै गरेको अनुभव मसँग थियो ।

त्यसैले मैले उनलाई यो कुरा सुनाउन सहज लागेर सुनाएँ । उनले मसँग यो कुरा बाहिर नलैजान निकै अनुरोध गरे । भोलिपल्ट मसँग यौनसन्तुष्टि लिन चाहने ती वृद्ध भलाद्मी न्यायाधीशले फोन गरे । तिमी सञ्चै छौ रु राम्रोसँग पढ भन्न फोन गरेको भनेर फोन राखे । म हजुर हस् भन्दा केही बोलिनँ । एकछिनपछि अनन्त दाइले पनि फोन गर्नुभयो । उहाँले अबका दिनमा तिमी यो कुराबाट तड्पिनु पर्दैन भन्नुभयो । साँच्चै नै त्यो दिनबाट ती न्यायमूर्तिले आजसम्म मलाई सम्पर्क गरेका छैनन् । म एउटा कानुनको विद्यार्थी उनी मजस्ता हजारौंलाई न्याय दिने न्यायमूर्ति ।

एउटा कानुनको व्यख्याताले सर्वसाधारणको समस्या बेञ्चसम्म पुऱ्याउने पुलको काम गर्छ, तर यहाँ त ऊ आफै अन्यायमा परेको उही न्यायमूर्तिबाट भने उसले सर्वसाधारणको समस्या बोकेर कसरी हिँड्छ ? त्यस्ता न्यायमूर्तिबाट सर्वसाधारणले के आशा गर्ने, के न्याय पाउने ?

माओवादी आन्दोलनमा महिला अधिकारका कुरा उठाउँदा हामीजस्ता हजारौं महिलाहरूको सिन्दुर पुछियो, हजारौंको काख रित्तियो । धेरै पटक हामीलाई एकनिष्ठ विवाह पद्धतिको प्रशिक्षणद्वारा नेताहरूले प्रशिक्षित गर्ने गर्दथे । तर सिद्धान्तलाई पाखा लगाएर छलाङ मार्लान् भन्ने पनि के थाहा र रु जब कि, पार्टी युद्धको अवस्थामा रहँदा सामान्य कमजोरी भए पनि कार्बाही गरेको देखेकी थिएँ । गलत नियतले टुलुक्क हेरे पनि श्रम कैद गरेको देखेकी म पार्टी शान्ति प्रक्रियामा आएपछि नेतादेखि जनतासम्ममा आएको विचलनले मलाई उदेक लाग्न थाल्यो ।

मैले शिवहरिको हत्यापछि न त पुनर्विवाह गर्ने सोच बनाएँ न त कहिल्यै कुनै पुरुष साथीसँग नजिक बनें । यी माथिका चारै जना समाजमा इज्जतिला कहलिएका, स्नातकोत्तर पढेका बौद्धिकहरू हुन् । उनीहरू चारै जनाको प्रेमविवाह भएको हो । उनीहरू सबैका श्रीमतीहरू सकुशल छन् तर म रु मलाई त झन् यतिखेर भावनात्मक, भौतिक, सामाजिक, सांस्कृतिक रूपमा देखिने समस्याका विरुद्ध लड्न प्रेरित गर्ने र सहयोग गर्नुपर्ने ठाउँमा यसरी एकपछि अर्को गरी यो रूपमा आँसु पिउनुपर्ला भन्ने त मैले कहिल्यै सोचिनँ ।

सायद मैले उनीहरूले जस्तै कुनै पुरुष विद्वान्लाई उनीहरूको भाषामा यौन रमाइलो गर्न प्रस्ताव राखेको भए मेरो जीवनमा कहिल्यै नसेल कलङ्कको दाग लाग्ने थियो होला । त्यो बौद्धिक जमातले फेरि एकपटक मलाई भन्ने थियो होला केटी नै त्यस्तै हो । केटामान्छेले जे गरे नि भइहाल्छ नि, केटी पो तर्कनुपर्नेु भनेर । मलाई भने ती ७९ वर्षकी आमाले खेपेको जस्तो आक्रमणको मन्द विषबाट चाहिँ म कहिले मुक्त हुन्छु होला भन्ने निरुत्तरित प्रश्नले सताइरह्यो । sancharkendra

Kantipath Media

यो छुट्टाउनु भो कि..