annapurna add

Sati Pratha

अमानवीय सति प्रथा अन्त्य भएको आज १०० वर्ष पुरा भएको छ । सती प्रथा आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा हो । भारत र नेपाल मा प्रचलित यो कुप्रथा लाई भारतमा सन १८६१ मा कानुन द्वारा बन्देज गरिएको थियो | बि सं १९१०मा जङ्गबहादुर राणाले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरी यसमा केही हदसम्म कमी ल्याउन सघाएका थिए । तर उनको मृत्यु हुँदा उनका ४२ रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन् । जङ्गबहादुर राणाले १६ बर्षभन्दा मुनीका बिधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सती जानमा रोक लगाएका थिए । यद्यपि बि सं १९७७ साल असार २५ मा चन्द्र शमशेरले यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सतीप्रथा अन्त्यका लागि नायक मान्न सकिन्छ ।

सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन् । सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ "असल पत्नी" हुन्छ । सती प्रथा आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा हो । कुनै समय थियो । महिलाहरुको महिनावारी नहुँदै विवाह गरिन्थ्यो । कन्या कुमारीले आफूभन्दा झण्डै ५० ६० वर्ष जेठो मानिसलाई पतीदेव मान्नु पर्दथ्यो । त्यसैले उनिहरु ३० ३५ वर्षकै उमेरमा विधवा बन्नु पर्दथ्यो । लाम लाम र खाम खामको कलकलाउदो उमेरमा उनिहरु सतीप्रथालाई स्विकारर्दै बलिरहेहो आगोमा जिउँदै जल्नु पर्दथ्यो ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर