बानेश्वर प्रहरीलाई हिमालयन बैंकको कम्प्युटर सहयोग

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ। बैंकले एक लाख दश हजार मूल्यको दुई थान कम्प्युटर सेट सहयोगस्वरुप प्रदान गरेको हो।

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएकोले उक्त सहयोग गरिएको बैंकले जनाएको छ। बैंकका तर्फबाट बैंकका मुख्य प्रबन्धक समीर आचार्यले उक्त महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी उपरीक्षक मीम बहादुर लामालाई एक समारोहबीच उक्त सहयोग हस्तान्तरण गरेका थिए।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..