क्रान्तिकारीको स्वयंसेवक विभागले ९ गते रक्तदान कार्यक्रम गर्दै

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । क्रान्तिकारीको केन्द्रिय स्वयंसेवक विभागको आयोजनामा रक्तदान हुन लागेको हो । जेठ ९ गते ११ बजे पार्टीको केन्द्रिय कार्यालय, पेरिसडाँडामा कार्यक्रम आयोजना हुनेछ ।

कोरोना संक्रमण र निषेधाज्ञाका कारणले रगत संकलनमा कमि आएको हुनाले बिरामीको अमुल्य जीवनको रक्षाको लागि रक्तदान आयोजना गरिएको स्वयंसेवक विभागका संयोजक संजय काल्धनले बताए । रक्तदान कार्यक्रम पूर्ण स्वास्थ्य मापदण्डको पालना गरेर हुने काल्धनले बताए । कार्यक्रमका संगठनमा आबद्ध स्वास्थ्यकर्मीहरुको पनि सहभागिता रहने छ । अखिल (क्रान्तिकारी) ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशभर कोरोना हेल्प डेस्कको संचालन गरेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..