ट्राफिक प्रहरीद्वारा कोटेश्वर-जडिबुटी क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न

कोटेश्वर ट्राफिक प्रहरी कार्यालयको संयोजनमा कोटेश्वर-जडिबुटी क्षेत्रमा बृहत सरसफाई कार्यक्रम आयोजना भएको छ । ‘तपाईको मास्क खोई’ अभियान सुरु संचालन गरिरहेको कोटेश्वर ट्राफिक प्रहरीले संक्रामक रोगहरु फैलिन नदिनको लागि सफाई कार्यक्रम आयोजना गरेको हो।

कोटेश्वर ट्राफिक प्रमुख, प्रहरी निरिक्षक रामकृष्ण देवकोटाले काठमाडौँ महानगरपालिकाभित्र ठोस फोहोर व्यवस्थापनमा कठिनाई भैरहेको सम्बन्धमा नागरिक-प्रहरीको सार्वजनिक दायित्वको स्मरण गर्नका लागि सचेतनामूलक अभियान सञ्चालन गर्नुपरेको बताए।

देवकोटाका अनुसार आज कोटेश्वर, जडिबुटी, विस्तार भएको नयाँ सडकको क्षेत्र आसपासमा सरसफाई भएको हो, जसमा उल्लेख्य रुपमा प्रहरीहरुको सहभागिता भएको थियो । नागरिक र प्रहरी एक सिक्काका दुई पाटा हुन् एक बिना अर्को अपुरो हुने देवकोटाले बताए । संकलित फोहोरलाई कुहिने र नकुहिने वर्गीकरण गरेर व्यवस्थापन गरिने छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..