यौन सन्तुष्टिका लागि मोटी महिला या दुब्ली महिला ?

 motti kt

काठमाडौं। मानिसहरू धेरैभन्दा धेरै यौन सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन्। कतिले त यौन सन्तुष्टि पाउने नाममा लिंगको आकार बढाउनुपर्छ भन्ने ठान्छन्। सञ्चार माध्यममा गरिने यौन स्वास्थ्यसम्बन्धी विज्ञापनको आधारमा लिंगको आकार बढाउन औषधिसमेत प्रयोग गर्छन्

लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ। यौनविद् रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमा लिंगको लम्बाइ र चौडाइले यौन सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने कुराको अनुसन्धान गरेको थियो। उनीहरूले यौन आनन्दमा लिंगको आकारले कुनै प्रभाव नपार्ने बताएका थिए।

लिंग जत्रो भए पनि योनीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन आनन्द पाउँछन्। पुरुषहरू आफ्नो लिंगको आकार सानो भएको कुराले धेरै तनावमा हुने गरेको पाइएको छ। अझ ब्लू फिल्ममा जस्तै पुरुषको लिंग मोटो र लामो हुनुपर्छ भन्ने धारणा बनाउँछन् उनीहरू। अमेरिकाको गरिएको एक अनुसन्धान अनुसार पुरुषको उत्तेजित नभएको लिंगको लम्बाइ ३.४ देखि ३.७ इञ्च र उत्तेजित लिंगको लम्बाइ ५.१ देखि ५.७ इञ्च हुनसक्ने जनाएको छ।

यौन सन्तुष्टि लिंगको आकारभन्दा पुरुष महिलाबीचको प्रेममय क्रिडामा भर पर्छ। बजारमा लिंग बढाउने नाममा धेरै किसिमका साधन पाइन्छन्। तीमध्ये पम्पहरू बढी प्रचलित छन्। तर, पम्प प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ। नत्र यसले लिंगलाई चोट पुर्याउन सक्छ। लिंगको आकार ठूलो हुँदा महिलालाई समस्या हुन सक्छ। ठूलो लिंग योनीभित्र बलपूर्वक छिराउँदा योनीमा चोट पनि पुग्न सक्छ। लामो लिंग महिलाको योनीको भित्रसम्म पुग्ने र अझ बलपूर्वक सम्भोग गर्दा महिलालाई पीडा हुनुका साथै रक्तस्राव पनि हुन सक्छ।

त्यसैले ठूलो र मोटो लिंगले महिलालाई चरम यौन आनन्द दिन्छ भन्नु गलत हो। लिंगको लम्बाइ र मोटाइ भनेको शारीरिक कुरामात्र हो। तर, यौन सन्तुष्टि भनेको मानसिक र भावनात्मक कुरा हो। महिलाको सुन्दर जिउडालले मात्र पुरुषलाई यौन आनन्द दिन सक्दैन। न पुरुषको बलिष्ठ शरीरले नै महिलालाई सन्तुष्ट पार्न सक्छ। सम्भोग एक कला हो।

सम्भोगअघि प्राक्क्रीडालाई धेरै समय दिनुपर्छ। हतार–हतार आफ्नो आकांक्षा तृप्त गर्नुलाई सम्भोग भनिँदैन, जुन एकतर्फी हुन्छ। सम्भोगमा दुवैको सहभागिता बराबर चाहिन्छ। न्यूओर्क राज्य विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा सकारात्मक परिवर्तन ल्याइदिने गुण भएको उल्लेख छ।

रिपोर्टमा वीर्यले यौनेच्छामा कमी आएकाहरुलाई पनि मद्दत गर्ने र यौन इच्छा बढाइदिने उल्लेख छ। लामो समय सम्भोग नगरेका महिलाहरु एकपटक सम्भोग गरिसकेपछि फेरि चाँडै चाहना राख्ने हुनु पनि यसैको कारण भएको बताइन्छ। तर, यौन सम्बन्धमा प्रेमको महत्वपूर्ण जति महत्वपूर्ण हुन्छ। लिंगको आकार त्यति महत्वपूर्ण मानिँदैन।

आजकल महिलाहरु आफ्नो शरीर ‘जिरो फिगर’ बनाउन चाहन्छन्। स्लिम बन्ने नाममा युवतीहरुमा दुब्लाउने प्रतिस्पर्धा छ। यसका २ मनोविज्ञान देखिन्छ, १. स्लिम शरीर आकर्षक हुन्छ, २. दुब्ली महिलाले बढी यौन सन्तुष्टि दिन सक्छिन्। तर, यी दुवै तर्क भ्रम मात्र हुन्। दुब्लो हुँदैमा बढी शारीरिक सन्तुष्टि मिल्छ भन्नु केवल भ्रम मात्र हो। शारीरिक सम्पर्कमा पनि सबैभन्दा बढी प्राक्क्रिडा र प्रेमकै भूमिका रहन्छ।

शरीर दुब्लो हुँदैमा यौन सवलता हुन्छ भन्न सकिँदैन। तर, मोटो शरीरभन्दा पातलो शरीर छरितो हुने हुनाले सम्भोगमा केही सजिलो हुने अध्ययनले देखाएको छ। छरितो शरीरले लिंग र योनीलाई सहज रुपमा जोड्ने, यौन सम्पर्कमा स्फूर्ति आउने र आसन बदल्न सजिलो हुने अध्ययनले देखाएको छ। तर, दुब्लो शरीर भएकै कारण मात्र सन्तुष्टि मिल्ने मनोविज्ञान भ्रम नै हो।

Kantipath Media

यो छुट्टाउनु भो कि..