३ घन्टामै १०५ मिलिमिटर पानी : नदी छेउका बस्ती डुबानमा

काठमाडौंमा सोमबार बिहानैदेखि पानी परिरहेको छ। आइतबार मध्यरातदेखि काठमाडौंको मौसममा बदली भएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति साढे २ बजेदेखि पानी पर्न थालेको हो। अहिले बंगालको खाडीको उत्तर-पश्चिम भूभागमा बनेको न्यून चापीय रेखाबाट आएको जलवाष्प र यहाँको स्थानीय वायुको असरले त्यस्तो भएको हो। बिहान छ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन भएको छ।

भारी वर्षा भएसँगै बागमती नदीमा जल सतह बढेको छ। नदीछेउका बस्तीहरूमा डुबान भएको छ। बल्खुस्थित तरकारी बजारमा पानी पसेको छ र बागमती करिडोरको बाटोमा पानी डुबान भएको छ। भक्तपुरका बस्तीमा पनि पानी पसेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..