annapurna add

dhanusa 20200604010150

लम्बिँदै गएको लकडाउनले गरिब र असहाय भोकभोकै मर्नुपर्ने अवस्था निम्त्याएको छ। प्रदेश २ मा कतै रोजगारी अभावले भोकमरी ल्याएको छ भने कतै घर फर्किने कडा प्रयास र मिहिनेतले सर्वसाधारणको ज्यान लिन थालेको छ।

गरिबीका कारण खान नपाई सप्तरीको कञ्चनरूप नगरपालिका–५ पथरी रामपुरका मलर सदा मुसहरले लकडाउन अवधिमै ज्यान गुमाए। उनको परिवारमा चार दिनसम्म चुलो बलेको थिएन। भोकसँग लड्न खाली पेट काम खोज्न हिँडेका ५० वर्षीय मलर खेतमा ढलेका थिए। त्यही नै उनको प्राण गएको थियो। उनकी श्रीमती जलेश्वरी श्रीमानको वियोगमा गरिबी र भोकसँग लड्दै बाँचिरहेकी छन्।

धनुषाको सहिदनगर नगरपालिका–९ घर भएका ३० वर्षीय वीरेन्द्र गोडवैता यादवले बुधबार भोक र उपचार अभावमा सीमा नाकामै ज्यान गुमाउनुपर्‍यो। चरम गरिबीले पिरोलिएका वीरेन्द्र रोजीरोटीका लागि चार महिनाअघि भारतको सुरत गएका थिए। तर, लकडाउनले रोजगारी खोसिएपछि उनी घर फर्किन हिँडे। लामो यात्राले थलिएका उनी सीमा नाकामा आइपुग्दा खाली पेट र कमजोर शरीरले साथ नदिएपछि अस्ताए।

उनले त ज्यान गुमाएपछि परिवारमा ठूलो संकट थपिएको छ। ३ वर्षका छोरा सुरज गुरमैता यादवले बुवाको काजकिरिया गरेका छन्। आर्थिक अवस्था कमजोर हुँदा छोरा र ६ महिनाकी छोरी लक्ष्मीनियाँलाई पाल्न वीरेन्द्रकी श्रीमती २६ वर्षीया सवितादेवी यादवलाई आपत् परेको छ। श्रीमान् गुमाएको शोक र एक्लै छोराछोरी पाल्ने चिन्ताले सवितादेवीलाई मर्नु न बाँच्नु बनाएको छ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर