आजदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु

आजदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु भएको छ। बिहान ७ बजेर ५१ मिनेट जाँदा वसन्तपुरमा लिंगो (यःशी) ठड्याएर जात्राको सुरुवात गरिएको हो। आठ दिन चल्ने यो जात्राका क्रममा हरेक दिन फरकफरक नेवारी नाच, झाँकी र संस्कृति प्रस्तुत गरिन्छ। इन्द्रजात्रा अवधिभर वसन्तपुर क्षेत्रमा उत्सवमय जात्रा र नाचगान प्रस्तुत गरिन्छ।

यस क्रममा लाखे, पुलकिशी, कुमारी, भैरव, गणेश, देवी, इन्द्र, दश अवतारलगायतको जात्रा देखाइने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए। शाक्यका अनुसार आइतबार राष्ट्रपति विद्यादेवि भण्डारीले जात्रा अवलोकन र टीका प्रसाद ग्रहण गर्नेछिन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..