क्रिश्चियन एनजीओको प्रयोजनमा कार्यक्रम चलाएको भन्दै ‘जातको प्रश्न’ आलोचित

1602483045 9f6uS

महानायक राजेश हमाल उनले संचालन गरेको एक कार्यक्रमका कारण विवादमा परेका छन् । उनले चलाउने टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’मा ‘क्रिश्चियन एड नेपाल’ लगानी रहेको भन्दै उनको आलोचना भइरहेको छ । केही समययता ‘जातको प्रश्न’ कार्यक्रम चलाउँदै आएका उनी विवादमा परेका हुन् । नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य बढेको भन्दै चिन्ता जनाइएका बेला अभिनेता हमालले चलाएको ‘जातको प्रश्न’मा क्रिश्चियन एडको लगानी रहेपछि विवादमा परेको हो । उनले लिइएका अन्तर्वार्ताको कमेन्टमा पनि हमालको विरोध गरिन थालिएको छ ।

समाजमा टेलिभिजन शोले जातीय विभेद अन्त्य नगराउन भन्दै ति आलोचकहरुले शिक्षाको पहुँच बढाउँदै चेतनाको स्तर उकास्नु पर्ने बताएका छन् । सो कार्यक्रमप्रति युट्युब तथा फेसबुकमा आएका कमेन्टले पनि जातीय द्वन्द्वको गन्ध दिएको आलोचकको दावी छ । नेपालका हुने गरेका जातीय विभेद र छुवाछुतका घटना न्यूनीकरण गर्ने उद्देश्यले सो कार्यक्रम निर्माण गरिएको भनिए पनि उल्टै समाजमा जातीय द्वन्द्व ल्याउन भूमिका खेलेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अभिनेता हमालको विरोध गरिरहेका छन् ।

क्रिश्चियन बनेमा रोगहरु निको हुने बताएका भिडिओहरु सामाजिक सञ्जालमा आइरहेका बेला क्रिश्चियन एड नेपालको लगानीमा चलाएको ‘जातको प्रश्न’का कारण अभिनेता हमाल विवादमा परेका हुन् । अभिनेता हमालले चलाएको ‘जातको प्रश्न’ कार्यक्रम समता फाउन्डेशनले ‘क्रिश्चियन एड नेपाल’सँग सहकार्य गरी उत्पादन गरेको हो । यो कार्यक्रम हरेक शनिबार साढे ६ बजे कान्तिपुर टेलिभिजनमा र समता फाउन्डेशनको युट्युब च्यानलमा हेर्न सकिन्छ । ती कार्यक्रममा उनले जातीय विभेद निम्त्याउने गरी कार्यक्रम चलाएको देखिँदैन । तर, जनस्तरबाट विरोध भइरहँदा अभिनेता हमाल मौन बसेका छन् । यसबारे समता फाउन्डेशन र अभिनेता हमालले कुनै प्रतिक्रिया दिएका छैनन् ।

टेलिभिजन कार्यक्रमबारे समताका कार्यकारी निर्देशक प्रदिप परियारले दलित तथा सीमान्तकृत समुदायले समाजमा भोग्दै आएको सामाजिक उत्पीडन र विभेद विरूद्धको नीतिगत बहसका लागि कार्यक्रम निर्माण गरेको बताए । “कलाकार भनेको सबैको साझा हुन्, त्यसैले सबैले चिनेको कलाकारबाट यो कार्यक्रम सञ्चालन गर्दा नयाँदेखि पाको पुस्तामा पनि जातीय विभेद विरुद्ध चेतना पुग्नेछ,” उनले भने।

अभिनेता हमालले आफूले यो कार्यक्रम देखावटी रुपमा मात्र नभई यो मुद्दाप्रति मनैदेखि आत्मसात गरेर सञ्चालन गर्न लागेको बताए। “मैले अभिनयकै क्रममा थुप्रै दलित समुदाय र दलितको घरसम्म पुगेको छु, दलित समुदायप्रति भइरहेको सामाजिक विभेद र अन्याय नजिकबाट देखेकाले आफ्नो गर्ने सामाजिक दायित्वकै रुपमा यो कार्यक्रमलाई लिएको छु,” उनले भने।

जातको प्रश्न कार्यक्रम निर्देशक शान्ता नेपालीले स्थानीय तहमा पुगेर दलित समुदायले भोगेका जातीय विभेद तथा छुवाछूतका घटनाहरू पनि कार्यक्रममा समावेश गरिने र त्यसको आधारमा जिम्मेवार निकायसँग कार्यक्रम सञ्चालक राजेश हमालले संवाद गरेको बताइन्।

Kantipath Media

यो छुट्टाउनु भो कि..