कर्णालीमा फ्लोर क्रस गर्ने एमाले सांसदको स्वतन्त्र हैसियतमा मन्त्रीमा सपथ

फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका तीन मन्त्रीले पुन: सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एक समारोहका बीच प्रदेश प्रमुख गोविन्द कलौनीले पद तथा गोपनीयताको सपथ गराए ।

यसअघि एमाले सांसदको हैसियतमा सपथ खाएका उनीहरूलाई फ्लोर क्रस गरेको आरोपमा एमालेले यी तीनसहित चारजनालाई सांसदबाट पदमुक्त गरिसकेको छ । पार्टीले निष्कासन गरेपछि उनीहरूलाई स्वतन्त्रको हैसियतमा सपथ गराइएको हो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..