फेरी बढ्यो प्रदूषण : सवारीमा जोरबिजोर प्रणाली लागु हुन सक्ने !

bayu

bayu

काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि उस्तै छ । वर्षा भएर प्रदूषण हटेको केही दिनमै सोमबारदेखि फेरि उपत्यकासहितका शहरहरूमा वायु प्रदूषण बढेको हो ।

देशका ७ सयभन्दा बढी स्थानमा लागेको डढेलो नियन्त्रणमा नआउँदा पनि समस्या देखिएको वातावरण विभागका अधिकारीहरू बताउँछन् । वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमले मंगलबार बिहान ७ बजेसम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ । काठमाडौँपछि दोस्रो नम्बरमा बंगलादेशको ढाका छ ।

एआईक्यूका अनुसार काठमाडौँको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) ३१० पुगेको छ । सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । एक्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीका अनुसार सोमबारको तुलनामा प्रदूषण केही घटेको छ । तर आँखा पोल्नेलगायतका समस्या यथावत रहेकाले सकेसम्म घरभित्रै रहन उनले आह्वान गरेका छन्। यो अवस्थामा सुधार नआएमा सवारी साधनमा जोरबिजोर, उद्योगधन्दा र विद्यालय बन्द गर्न सिफारिस गरिने उनले बताए ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..