महान्यायाधिवक्ताको शपथ ग्रहण समारोहमा राष्ट्रपति अनुपस्थित

नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले सर्वोच्च अदालतमा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनलाई शुक्रबार दिउँसो शपथ गराएका हुन्।

महान्यायाधिवक्तालाई पहिलोपटक सर्वोच्चमा शपथ गराइएको हो। यसअघिका महान्यायाधिवक्ताले राष्ट्रपतिको उपस्थितिमा राष्ट्रपति कार्यालयमा शपथ लिए पनि यसपटक राष्ट्रपतिले नमान्दा सर्वोच्चमै शपथको व्यवस्था गरिएको हो।

यसअघि महान्यायाधिवक्ताले राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीशबाट शपथ लिने परम्परा थियो। कानुनी रुपमा प्रधानन्यायाधीससँगै शपथ लिने व्यवस्था रहेकाले अबदेखि राष्ट्रपतिबाट शपथ लिनेबाहेकले शीतलनिवासमा शपथ नगर्ने बताएपछि सर्वोच्चमै शपथ गराइएको हो।

यसअघि केपी ओली प्रधानमन्त्री हुँदाका दुवै महान्यायाधिवक्ताले राष्ट्रपति कार्यालयमै शपथ लिएका थिए। गत चैतमा नियुक्त भएको महान्यायाधिवक्ता रमेश बडालले र त्यसअघि अग्नि खरेलले पनि राष्ट्रपति कार्यालयमा शपथ भएको थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..