सर्लाहीमा जनयुद्धका सहिद परिवारका लागि माओवादी केन्द्रले घर बनाउने

माओवादी केन्द्र सर्लाहीले जनयुद्धका सहीद इन्द्र कोइरालाको घर बनाइदिने निर्णय गरेको छ। माओवादी केन्द्र सर्लाही जिल्ला समितिको बुधबार बसेको बिस्तारित बैठकले बागमती नगरपालिकामा सहीद कोइरालाका आश्रित परिवारका लागि चार कोठे पक्की घर बनाइदिने निर्णय गरेको हो। बागमती नगरपालिकाले घर निर्माणका लागि सहीद कोइरालाकी पत्नी लक्ष्मी कोइलालाई निःशुल्क रुपमा घडेरी उपलव्ध गराएको छ।

जनयुद्धको क्रममा १० कात्तिक २०५५ मा कोइरालाको मृत्यु भएको थियो। उनी १० वर्षे जनयुद्धको क्रममा सर्लाही जिल्लाका प्रथम सहीद हुन्।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कोइराला परिवार घरविहीन भएपछि घर बनाइदिने निर्णय गरिएको माओवादी सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए। घरबारबिहीन अवस्थामा रहेका कोइराला परिवार हाल अर्कैको घरमा बसिरहेका छन्।

घर निर्माणका लागि नेता मोहनलाल श्रेष्ठ सन्देशको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ। घर निर्माणमा झण्डै १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..