परोपकार साकोसको स्थापना दिवसमा छात्राबासलाई खाद्यान्न सामग्री हस्तान्तरण

दोलखाको चरिकोटमा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लि. ले संस्थाको वार्षिकोत्सवको अवसरमा छात्राबासका लागि खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । संस्थाको ११ औं वार्षिकोत्सवको अवसरमा भीमेश्वर नगरपालिका वडा नं. ६ स्थित आमाको माया छात्राबासका लागि खाद्यान्न सहयोग गरिएको संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले बताईन । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरुको उपस्थिति रहेको थियो । छात्राबासलाई संस्थाको तर्फबाट ३ बोरा चामल, ५ केजी दाल, १ बाकस तेल, ५ प्याकेट नुन, ५ केजी चिनी, १ बाकस बिस्कुट, ५ केजी चिउरा, २ प्याकेट दालमोठ तथा आफुले व्यक्तिगत रुपमा हजार रुपैयाँ नगद सहयोग गरेको संस्थाकी सचिव अप्सरा चौलागाईंले बताईन ।

साकोसमा १७ सय ५६ जना शेयर सदस्य र ३ सय ६१ जना बाल बचतकर्ता आबद्व रहेका छन् । संस्थाको २०७८ आषाढ मसान्तसम्म कूल पूँजी बाह्र करोड चौतिस लाख बाईस हजार एक सय पैतिस पुगेको छ । साकोसले यस अवधिमा सदस्यहरूलाई बचत ऋणको अलवा विभिन्न सीपमूलक र सामाजिक कार्य गर्दै आएको साकोसको अध्यक्ष सर्मिला सापकोटाले बताईन् । संस्थाले नेफ्सकुनबाट सञ्चालित जोखिममा आधारि साकोस सुपरिवेक्षण (CURBS) कार्यक्रममा सम्झौता गरि ब्राण्ड प्राप्त गर्न आफ्ना सूचकहरूलाई पूरा गराउदै लाने प्रयास गरिरहेको अध्यक्ष सापकोटाले बताईन ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..