भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखलाई देउबा पत्नीको राखी

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले आइतबार बालुवाटार पुगे । जनै पूर्णिमा तथा रक्षाबन्धनको दिन उनी बालुवाटार पुग्नु संयोग थियो ।

बालुवाटारमा चौथाइवालेलाई प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले राखी बाँधेर स्वागत गरिन् । उनले रातो रङ्गको राखी बाँधिदिदा चौथाइवाले हर्षित देखिन्थे । उनले चौथाइवालेलाई राखि बाँधिदिइन भारत र नेपाल, कांग्रेस र भाजपा अनि आफूहरूका बीचको सम्बन्ध सुमधुर होओस् भनेर कामना गरिन्।

चौथाइवालले प्रधानमन्त्री देउवालाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका थिए । उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे महत्वपूर्ण कुराकानी समेत गरेका थिए ।v

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..