Hidden
सन्तोष साह बने ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता
नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बनेका छन्। नेपाली खानालाई विश्वसामु परिचित गराउँदै साह प्रतियोगितामा उपविजेता बनेका हुन्।
प्रतियोगिताको ग्रयाण्ड फाइनलमा पाल्पाली ढाकाटोपीमा सजिएका सन्तोषले अन्तरर्राष्ट्रिय स्तरको प्लेटफर्ममा नेपाली खानालाई परिचित गराएका छन्। उनले प्रतियोगितामा नेपाली खानालाई विश्वसामु परिचित गराएर नेपाल र नेपालीको शिर उचो बनाए।
प्रतियोगिताको उपाधि बेलायतकै २५ वर्षीय आलेक्स वेबलले जितेका छन् । तर आफनो अद्भूत सीप देखाउँदै सन्तोषले आम नेपालीको मन जितेका छन् । र आफनो सौम्य र मिजासिला व्यवहारले गर्दा लाखौं बेलायतीहरुले समेत उनको प्रशंसा गरेका छन्।
प्रकासित मिति
Loading...
Loading...
Loading...