अन्तराष्ट्रिय कल बाईपास गर्ने दुई जना सिआईबीद्वारा पक्राउ

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अनुमति बिना अन्तराष्ट्रिय आगमन कल बाईपास (VOIP) संचालन गर्ने उपकरण सहित नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले दुई जनालाई पक्राउ गरेको छ । ६४ पोर्टको GOIP Gateway सहित भारत घर भएका ३१ वर्षका राना शाह र रौतहट घर भएका मोसलिम मियाँ अन्सारी पक्राउ परेका सिआईबीका प्रमुख, डिआईजी सहकुल थापाले बताए ।

उनीहरुले चन्द्रागिरी नगरपालिका वडा नं २ स्थित श्याम कृष्ण श्रेष्ठको घरमा कोठा भाडा लिएर बाईपास संचालन गर्दै आएको अनुसन्धानबाट खुल्न आएको थापाले बताए । उनीहरुलाई दुरसंचार ऐन २०५३ अन्तर्गत अनुसन्धान भैरहेको थापाले बताए । यस्तो छ उनीहरुबाट बरामद समानको विवरण :

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..