आजदेखि आन्तरिक हवाई उडान खुल्यो

दुई महिनाभन्दा बढी बन्द भएको आन्तरिक उडान आजदेखि सञ्चालनमा आएको छ । कोरोना भाइरसको दोस्रो लहरपछि वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान ६९औँ दिनमा सञ्चालन आएको हो ।

नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएका आन्तरिक उडान आजदेखि बल्ल स१चालन हुन थालेका हुन् ।

बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ । उडानका लागि बिहान साढे ६ देखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार हाललाई जुलाई महिनाभर (असार १७ देखि साउन १६ सम्म) का लागि मात्रै दैनिक ६७ वटा उडान तालिका स्विकृत गरेको जनाएको छ ।

संक्रमणको जोखिम नटरेकाले जहाज कम्पनीलाई १० मिनेटको अन्तरालमा उडान गर्न, प्रत्येक उडानसँगै जहाज स्यानिटाइज गर्नु पर्ने, यात्रुको लगेजसमेत स्यानिटाइज गरी विगतका मापदण्डलाई पालना गर्न भनिएको छ ।

यात्रुको माग अनुसार अहिले स्विकृत उडान तालिकालाई विश्लेषण गरी फेरबल गरिने तर ५० प्रतिशत भन्दा बढी नध्नेगरी उडान अनुमति कायमै राखिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कोभिड संक्रमण फैलिन सक्ने भएकाले प्रत्येक उडानलाई १५ मिनेटको अन्तर राखेर उड्ने अनुमति दिइएको छ । त्यसैगरी स्वास्थ्य मापदण्ड अनुसार, यात्रुको भीड कम गर्ने उद्देश्यले काठमाडौं बाहिरका विमानस्थलमा पनि एकैपटक दुई वा बढी वायुसेवालाई जान दिइने छैन ।

विमानस्थलको र्‍यामबसमा यात्रुले सामाजिक दुरी कायम गरेर बस्नुपर्ने छ तर जहाजमा भने वायुसेवालाई सबै सिटमा यात्रु राखेर उडान अनुमति दिइएको छ ।

यो पटकको उडानमा पनि यात्रुले अनिवार्य मास्क, भाइजरका साथ यात्रा गर्नुपर्ने छ । विमानस्थलमा कर्मचारीले अनिवार्य ज्वरो नाप्ने छन् । कम्पनीहरुले उडानमा शौचालय र खानपानमा रोक नै लगाएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..